मन्दाकिनी हाइड्रोपावरको नाफा सामान्य वृद्धि, छ महिनमा ७ करोड ३१ लाख रुपैयाँको विद्युत् बिक्री
जलसरोकार
काठमाडौं : मन्दाकिनी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको विद्युत् बिक्री आम्दानी र खुद नाफा गत आर्थिक वर्षको उक्र अवधिको तुलनामा सामान्य बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो छ महिनासम्ममा कम्पनीले ७ करोड ३१ लाख रुपैयाँ विद्युत् बिक्री आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ६ करोड ९६ लाख रुपैयाँको तुलनामा ४.९७ प्रतिशत बढी हो। विद्युत् बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि ०.८९ प्रतिशत वृद्धि भई ३ करोड ६० लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६.१३ प्रतिशतले बढेको छ ।
त्यसैगरी, कम्पनीको वित्तीय खर्च १३.४२ प्रतिशतले घटेको छ भने कुल खर्च ९.२१ प्रतिशतले घटेको छ ।
नाफा सामान्य बढे पनि कम्पनीको प्रतिशेयर आम्दानी (भ्एक्) भने घटेको छ । समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ४५ पैसा घटेर ११ रुपैयाँ १४ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ६६ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात ५५.४५ गुणा रहेको छ।
६४ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ८ करोड १८ लाख रुपैयाँ सञ्चित रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता