नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकोे स्वतन्त्र सञ्चालकमा महेशप्रसाद दहाल नियुक्त
जलसरोकार
काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दहाल नियुक्त भएका छन् ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ तथा बैैंकको नियमावली बमोजिम बैंक संचालक समितिको १४९ औं बैठकको निर्णयले गत शुक्रबारदेखि लागू हुने गरी चार बर्षे कार्यकालको लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।
नेपाल सरकारको सचिव पदबाट सेवा निवृत्त हुनु भएका दहालले एम.पि.ए. र एम.बी.ए. गर्नुका साथै कानुनमा स्नातक समेत गरेका छन् ।
नेपाल सरकारको सेवामा रहँदा उनले विभिन्न तह र जिम्मेवारीमा रहेर कार्य गरेको लामो समयको अनुभव छ । उनको कार्यकालमा बैंकले थप उचाई हासिल गर्ने विश्वास बैंकले लिएको विज्ञप्तिमा छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्थानीयलाई जलविद्युत् सेयर अंकित मूल्यमै उपलब्ध गराउन इप्पानको आग्रह
-
माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि सुझाव माग
-
पञ्चेश्वर : कसको हितको आयोजना?
-
साहस ऊर्जाको नाफा ५२ प्रतिशतले बढ्यो, एक वर्षमा १ अर्ब ३५ करोड रुपैयाँ खुद आम्दानी
-
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
नीतिगत तथा प्रक्रियागत अवरोध ऊर्जा क्षेत्रको मुख्य चुनौती : मन्त्री श्रेष्ठ