सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्‍याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित

जलसरोकार
शुक्रबार, साउन ०१, २०८३ | १४:५५:५५ बजे

काठमाडौं । राष्ट्रिय विद्युत् प्रणालीमा विद्युत् आपूर्ति गर्दै ऊर्जा सुरक्षा र आर्थिक विकासमा योगदान पुर्‍याएको भन्दै २४ मेगावाट क्षमताको मादमेखोला जलविद्युत् आयोजना सम्मानित भएको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले आफ्नो ३३औँ वार्षिकोत्सवका अवसरमा आयोजना प्रवर्द्धक मादीखोला हाइड्रोपावर लिमिटेडलाई सम्मान–पत्र प्रदान गरेको हो।

सम्मान–पत्रमा कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माण गरिएको नदी प्रवाहमा आधारित २४ मेगावाट क्षमताको मादीखोला जलविद्युत् आयोजना आर्थिक वर्ष २०८२/८३ मा सफलतापूर्वक सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् आपूर्ति सुरु गरेको उल्लेख गरिएको छ।

विभागले आयोजनाले नेपालको ऊर्जा सुरक्षामा टेवा पुर्‍याउनुका साथै देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उक्त योगदानको कदरस्वरूप सम्मान गरिएको जनाएको छ।

सम्मान–पत्रमा आगामी दिनमा पनि ऊर्जा क्षेत्रको विकासमार्फत राष्ट्र निर्माणमा अझ प्रभावकारी योगदानको अपेक्षा व्यक्त गरिएको छ।

विद्युत् विकास विभागकी महानिर्देशक मन देवी श्रेष्ठ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले संयुक्त रूपमा हस्ताक्षर गरेको सम्मान–पत्र २०८३ साल श्रावण २ गते, विभागको ३३औँ वार्षिकोत्सव समारोहमा प्रदान गरिएको हो।

मादीखोला जलविद्युत् आयोजना निजी क्षेत्रको लगानीमा निर्माण भएको नदी प्रवाहमा आधारित आयोजना हो। आयोजना सञ्चालनमा आएसँगै राष्ट्रिय विद्युत् प्रणालीमा थप स्वदेशी ऊर्जा उपलब्ध भएको छ।

प्रकाशित मिति : शुक्रबार, साउन ०१, २०८३ | १४:५५:५५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया