एक महिनाभित्र चार कम्पनीका सेयरको लकइन अवधि सकिँदै, लाखौं कित्ता सेयर कारोबारयोग्य बन्ने
जलसरोकार
काठमाडौं : आगामी करिब एक महिनाभित्र चार कम्पनीका विभिन्न समूहका लगानीकर्ताले धारण गरेको सेयरको लकइन अवधि समाप्त हुने भएको छ। लकइन अवधि सकिएसँगै ती सेयरहरू दोस्रो बजारमा कारोबारका लागि खुला हुनेछन्।
सार्वजनिक सूचनाअनुसार संस्थापक, आयोजना प्रभावित स्थानीय बासिन्दा, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएका सेयरहरूको लकइन अवधि समाप्त हुन लागेको हो।
रावा इनर्जी लिमिटेड को संस्थापक, कर्मचारी र आयोजना प्रभावित स्थानीय बासिन्दाको स्वामित्वमा रहेको कुल २० लाख ६२ हजार ७१७ कित्ता सेयरको लकइन अवधि जेठ २९ गतेपछि समाप्त हुनेछ।
त्यसैगरी नेपाल रिपब्लिक मिडिया लिमिटेड को संस्थापक समूहको ५३ लाख २२ हजार कित्ता तथा कर्मचारीको ८० हजार १५९ कित्ता सेयरको लकइन अवधि असार १० गतेपछि सकिने भएको छ।
रिलायन्स स्पिनिङ मिल्स लिमिटेड को सामूहिक लगानी कोषका लागि छुट्याइएको ५७ हजार ७९८ कित्ता सेयरको लकइन अवधि असार १८ गतेदेखि समाप्त हुनेछ।
यस्तै अपर स्याङ्गे हाइड्रोपावर लिमिटेड को संस्थापक, आयोजना प्रभावित स्थानीय तथा कर्मचारी समूहको स्वामित्वमा रहेको कुल १५ लाख ६३ हजार कित्ता सेयरको लकइन अवधि असार २१ गते सकिने भएको छ।
लकइन अवधि समाप्त भएपछि यी सेयरहरू दोस्रो बजारमा कारोबारयोग्य बन्ने भएकाले सम्बन्धित कम्पनीहरूको सेयर कारोबार र आपूर्तिमा प्रभाव पर्न सक्ने अनुमान गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जब पहाड फुट्यो
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै