राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राखौ : नेपाली सेना
जलसरोकार
काठमाडौँ: नेपाली सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै जनजीवन सामान्य बनाउन सबै नागरिकले आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गरेको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै जस्तोसुकै परिस्थितिमा पनि नेपालीहरूको सुरक्षा र मानवीय उद्धारमा सेना प्रतिबद्ध रहने स्पष्ट पारेको छ । साथै परिस्थितिजन्य जिम्मेवारीमा सक्रिय सुरक्षाकर्मीलाई सहयोग पु¥याउन सबैलाई आग्रह गरेको छ ।
हाल जारी निषेधाज्ञा आज बेलुकी ५ बजेसम्म र भोलि भदौ २६ गते बिहान ६ बजेसम्म निरन्तर रहने सेनाले जनाएको छ । आन्दोलनको नाममा अराजक गतिविधि, सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, लुटपाट, व्यक्ति लक्षित आक्रमण तथा बलात्कारको प्रयाससम्म भएका कारण निषेधाज्ञा जारी राखिएको बताइएको छ ।
निषेधाज्ञाका बेला एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ । आवश्यक सहजताका लागि नजिकका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न सेनाले आग्रह गरेको छ ।
आन्दोलनका नाममा हुने कुनै पनि अराजक गतिविधिलाई दण्डनीय अपराधका रूपमा लिई कडा कारबाही गरिने चेतावनी पनि सेनाले दिएको छ । साथै अवकाशप्राप्त सैनिक, राष्ट्रसेवक, सञ्चारकर्मी र आम नागरिकलाई अफवाहको पछाडि नलागी आधिकारिक सूचना मात्रमा भर पर्न अनुरोध गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार