जुम्लामा १३२ केभी सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्यो
जलसरोकार
जुम्ला, : जिल्लामा विद्युत् पूर्वाधार विस्तार अन्तर्गत निर्माणाधीन १३२ केभी सबस्टेशन परियोजनाका लागि आवश्यक थप जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लाले पहिले छुटेका जग्गा पुनः प्राप्त गर्ने प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ।
नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालनमा रहेको दैलेख–कालिकोट–जुम्ला १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत जुम्लामा सबस्टेशन निर्माण हुन लागेको हो। प्रशासनले प्रकाशित सूचनाअनुसार, सम्बन्धित जग्गाधनी वा सरोकारवालाले ३५ दिनभित्र दाबी पेश गर्नुपर्नेछ । यस क्रममा घरटहरा, रुखबिरुवा वा अन्य संरचनासहितको क्षतिपूर्ति माग गर्न सकिनेछ।
यस अधिग्रहणमा चन्दननाथ नगरपालिका वडा नं. ९ (साविक तलियम क्षेत्र) का विभिन्न व्यक्तिको जग्गा समेटिनेछ। प्रशासनले भनेको छ, “निर्धारित समयभित्र दाबी पेश नगरेमा प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढाइनेछ र त्यसपछि कुनै उजुरी स्वीकारिने छैन।”
१३२ केभी सबस्टेशन निर्माण जुम्ला र आसपासका जिल्लामा विद्युत् आपूर्ति स्थायी र भरपर्दो बनाउन महत्वपूर्ण मानिन्छ। वर्तमानमा जुम्ला जिल्लामा विद्युत् आपूर्ति अस्थिर रहँदै आएको छ, विशेष गरी साना गाउँका क्षेत्रमा पावर कट हुने समस्या सामान्य छ। सबस्टेशन निर्माणपछि उपत्यका र गाउँपालिका क्षेत्रमा लोड सन्तुलन सुधार हुने, उत्पादन क्षमता वृद्धि हुने र अवरोध न्यून हुने अपेक्षा गरिएको छ।
यस परियोजना पूरा भएपछि जुम्ला, मुगु, कालिकोट र सिमान्त क्षेत्रमा विद्युत् पहुँच विस्तारले आर्थिक गतिविधि र उत्पादनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने