बक्यौता नतिर्ने व्यापारीप्रति कुलमानकाे आक्रामक कारबाही, अब बैंकिङ काराेबार, खाता सबै राेकिने
बैंक खाता रोक्का गर्न, शेयर बिक्रीमा प्रतिबन्ध लगाउन विद्युत् प्राधिकरणको पत्र
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले ट्रंक लाइन तथा डेडिकेटेड फिडरबाट विद्युत् आपूर्ति लिई बक्यौता महसुल भुक्तान नगरेका सम्बन्धित उपभोक्ताहरुको बैंक खाताबाट रकम झिक्न नपाउने गरी बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।
प्राधिकरणले महसुल बक्यौता रहेका सम्बन्धित उपभोक्ताहरुले सो बक्यौता रकमलाई दायित्वमा लेखांकन नगरी शेयर जारी गर्ने इजाजतको लागि धितोपत्र बोर्डमा निवेदन दिएमा सो संस्था वा कम्पनीको शेयर सर्वसाधरणमा बिक्री गर्न इजाजत दिने कार्य नगरिदिई बक्यौता रकम असुल उपर गर्न सहयोग गर्न धितोपत्र बोर्डलाई पनि अनुरोध गरेको छ ।
यसैगरी ट्रंक तथा डेडिकेटेड फिडरबाट विद्युत् उपभोग गरी बक्यौता महसुल नबुझाउने सम्बन्धित उपभोक्ताहरुको शेयर, सो संस्था÷कम्पनीले अन्य कुनै कम्पनीमा शेयर लगानी गरेको भए उक्त कम्पनीको शेयर एवं विद्युत् महसुल बक्यौता राख्ने कम्पनीको सञ्चालकको सम्बन्धित अन्य कम्पनीमा रहेको शेयरसमेत जारी गर्न, कुनै प्रकारले हक हस्तान्तरण गर्न र धितो बन्धकी दिन नपाउने गरी रोक्का राखी बक्यौता विद्युत् महसुल असुल उपर गर्न कम्पनी रजिष्ट्रारको कार्यालयलाई अनुरोध गरेको छ ।

यी डिफल्टरहरुले अन्य कुनै कम्पनीमा शेयर लगानी गरेको भए उक्त कम्पनीको शेयर एवं विद्युत् महसुल बक्यौता राख्ने कम्पननीको सञ्चालकको सम्बन्धित अन्य कम्पनीमा रहेको शेयरसमेत जारी गर्न, कुनै पनि प्रकारले हक हस्तान्तरण गर्न र धितो बन्धकी दिन नपाउने गरी रोक्का राखी बक्यौता विद्युत् महसुल असुल उपर गर्न पनि कम्पनी राष्ट्रिार कार्यालयलाई प्राधिकरणले अनुरोध गरेको छ ।
पैसा नतिर्ने यी उद्योगीहरुसँग सम्बन्धित कम्पनी र वित्तीय लगानी÷स्वार्थ रहेको अन्य संस्था÷कम्पनीसँग बक्यौता, महसुल असुल नभएसम्मका लागि विद्युत् खरीद बिक्री सम्झौता बमोजिम भुक्तानी गर्नुपर्ने रकमबाट कट्टा गरी बक्यौता महसुल असुल गर्न सम्बन्धित प्रवद्र्धकलाई जानकारी पनि प्राधिकरणले गरेको छ ।

यसैगरी यी डिफल्टरहरुको आवासको लाइन पनि प्राधिकरणले काट्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण विनियामवली, २०७८ को विनियम ३१ को उपविनियम (१) र उपविनियम (३) बमोजिम पैसा नतिर्ने उद्योगीको घर अँध्यारो हुने भएको हो ।
प्राधिकरणले विद्युत् नियमन आयोग, कम्पनी रजिष्ट्रार कार्यालय, धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, पवन गोल्यानको प्योर इनर्जी लिमिटेडलाई छुट्टाछुट्टै पत्र लेखी यो जानकारी गराएको हो ।
हिजो मंगलबार विद्युत् नियमन आयोगले प्राधिकरणलाई पत्र लेखी लाइन नकाट्न निर्देशन जारी भएको र उक्त निर्देशनमा लाइन काट्नेबाहेक विद्युत् बक्यौता असुलीको लागि लाइन विच्छेदको कारबाहीबाहेक अन्य दबाब मूलक कारबाही गर्न भनपछि आयोगकै निर्देशनअनुसार दबाबमूलक कारबाही गरेको जनाएको छ ।
‘नियमन आयोगले भनेबमोजिम हामीले कारबाही गरेका छाैं, प्राधिकरणले नेपाल सरकारकाे निर्देशन पालना गर्दै आएको छ तर बक्यौता उठाउने विषयमा कुलमान घिसिङ कसैसँग डराउँदैन,’ घिसिङले जलसराेकारसित भने ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा