इन्धन मूल्य वृद्धि फिर्ता लिन उनेपाका अध्यक्ष घिसिङको सरकारसँग माग
जलसरोकार
सुर्खेत : उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । उनले कर्णाली प्रदेशमा इन्धनको मूल्य वृद्धि असहज भएको भन्दै विशेष सहुलियत दिनुपर्ने बताएका हुन् ।
अध्यक्ष घिसिङले कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमअन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा राखेका हुन् ।
उनका अनुसार कर्णालीजस्तो भौगोलिक रूपमा विकट क्षेत्रमा इन्धन महँगो हुँदा यातायात, पर्यटकीय आवागमन र दैनिक जीवनमा थप बोझ पर्ने भएकाले मूल्य समायोजन आवश्यक छ । “डिजेल, पेट्रोल र ग्यासमा मूल्य वृद्धि गर्नु हुँदैन,” उनले भने ।
घिसिङले छिमेकी देश भारतले इन्धनमा ठूलो मूल्य वृद्धि नगरेको उदाहरण दिँदै नेपाल सरकारले पनि नागरिकमाथिको आर्थिक दबाब घटाउनुपर्ने बताए ।
उनले सरकारसँग सहकार्य गर्दै ऊर्जा पूर्वाधार विस्तारमा योगदान गरेको दाबी गर्दै कर्णालीमा विद्युत् विस्तार र प्रसारण लाइन निर्माणका लागि ठूलो लगानी सुनिश्चित गरिएको उल्लेख गरे ।
१३२ केभी प्रसारण लाइन जुम्लासम्म विस्तार भइरहेको जानकारी दिँदै उनले आगामी दिनमा कर्णालीको विद्युतीकरण अझ तीव्र हुने बताए ।
राजनीतिक रूपमा पनि संगठन विस्तारमा जुटेको बताउँदै उनले आगामी निर्वाचनमा पार्टीलाई मजबुत बनाउँदै वडा तहसम्म संरचना विस्तार गर्ने योजना रहेको जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बा : त्रिशूली–३ ए जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार