कुलमान घिसिङको मुद्दाको पेसी न्यायाधीश राउत र सुवेदीको इजलासमा
जलसरोकार
काठमाडौं : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त भएका कुलमान घिसिङले दायर गरेको मुद्दाको पेसी सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको इजलासमा परेको छ ।
न्यायाधीश राउत र सुवेदीको इजलासले कुलमानले माग गरेअनुसार अन्तरिम आदेश दिने÷नदिने भन्नेबारे आदेश दिनेछ । यसअघि गत शुक्रबार सर्वोच्चका न्यायाधीश अजिज मुसलमानले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएका थिए ।
न्यायाधीश मुसलमानको इजलासले कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णयसँग सम्बन्धित मुद्दाको मिसिल पनि पेस गर्न आदेश दिएको थियो । यो मुद्दालाई अग्राधिकारमा राख्न पनि भनिएको थियो ।
आफूलाई पदमा निरन्तर कायम राख्नुपर्ने, कुलमानलाई जिम्मेवारी दिन नहुने माग राखी नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । न्यायाधीश मुसलमानको इजलासले हितेन्द्रको मुद्दालाई पनि छलफलका लागि राखेका थिए ।
हितेन्द्रको मुद्दा पनि कुलमानको सँगै न्यायाधीश राउत र सुवेदीको इजलासमा छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव