कुलमान घिसिङसँगै उज्यालो नेपाल उपत्यकामा, जनतासँग भेटघाट
जलसरोकार
काठमाडौँ: उज्यालो नेपाल पार्टीको काठमाडौँ उपत्यकाका १५ उम्मेदवारहरूले आज काठमाडौँस्थित गणेश मन्दिरबाट दर्शन यात्रा सुरु गरेका छन् । कार्यक्रममा कालभैरव, इन्द्रचोक, बसन्तपुर र नरदेवीलगायत प्रमुख शक्तिपीठ तथा ऐतिहासिक स्थलहरूको भ्रमण गरिएको थियो ।
दर्शन यात्राले धार्मिक सहिष्णुता, सांस्कृतिक संरक्षण र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्य राखेको पार्टीले जनाएको छ ।
उम्मेदवारहरूलाई सर्वसाधारणबाट उल्लेखनीय सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो। स्थानीय बासिन्दा र श्रद्धालुहरूले उत्साहपूर्वक स्वागत गर्दै पार्टीप्रति विश्वास व्यक्त गरेका छन् ।
पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताबाट प्राप्त समर्थन र हौसला आगामी निर्वाचनमा मतदाताको विश्वासमा परिणत हुने आशा व्यक्त गरेका छन् । उज्यालो नेपाल पार्टीले जनताको भावना, संस्कृति र विकाससँगै समृद्ध र उज्यालो नेपाल निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना