सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

कुलमान घिसिङसँगै उज्यालो नेपाल उपत्यकामा, जनतासँग भेटघाट

जलसरोकार
बिहीबार, माघ १५, २०८२ | १३:४९:०६ बजे

 

काठमाडौँ: उज्यालो नेपाल पार्टीको काठमाडौँ उपत्यकाका १५ उम्मेदवारहरूले आज काठमाडौँस्थित गणेश मन्दिरबाट दर्शन यात्रा सुरु गरेका छन् । कार्यक्रममा कालभैरव, इन्द्रचोक, बसन्तपुर र नरदेवीलगायत प्रमुख शक्तिपीठ तथा ऐतिहासिक स्थलहरूको भ्रमण गरिएको थियो ।

दर्शन यात्राले धार्मिक सहिष्णुता, सांस्कृतिक संरक्षण र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्य राखेको पार्टीले जनाएको छ ।

उम्मेदवारहरूलाई सर्वसाधारणबाट उल्लेखनीय सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो। स्थानीय बासिन्दा र श्रद्धालुहरूले उत्साहपूर्वक स्वागत गर्दै पार्टीप्रति विश्वास व्यक्त गरेका छन् ।

पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताबाट प्राप्त समर्थन र हौसला आगामी निर्वाचनमा मतदाताको विश्वासमा परिणत हुने आशा व्यक्त गरेका छन् । उज्यालो नेपाल पार्टीले जनताको भावना, संस्कृति र विकाससँगै समृद्ध र उज्यालो नेपाल निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

प्रकाशित मिति : बिहीबार, माघ १५, २०८२ | १३:४९:०६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया