१८ वर्षपछि कुलेखानी बाँधको ढोका खोलियो


काठमाडौं : कुलेखानी जलाशय पूर्ण क्षमतामा भरिएपछि नेपाल विद्युत् प्राधिकरणले आज बिहानदेखि बाँधको ढोका खोलेर पानी छाडेको छ ।
कुलेखानी पहिलो जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले आज बिहान ५ बजेर ५० मिनेटदेखि पानी छाडिएको जलसरोकारलाई बताए । उनका अनुसार कुलेखानीका तीनवटै विद्युत गृह एकसाथ चलाउँदा (कुल क्षमता १०६ मेगावाट) पनि जलाशय भरिन नछाडेकाले बाँधको ढोका खोलिएको हो ।
यसअघि २०६३ सालमा कुलेखानी जलाशय पूर्ण रुपमा भरिएर यसैगरी बाँधको ढोका खोलिएको भट्टले बताए ।
कुलेखानीको जलाशयको सतह घटाउन पूर्ण क्षमतामा विद्युत् गृह चलाउँदा १३१ घनमिटर प्रतिसेकेण्ड पानी छाडिएको जानकारी भट्टले दिएका छन् ।
उनका अनुसार हिजो साँझै सिमखोला र चखेलबाट जलाशयमा आउने स्रोत पथान्तरण गरिएको थियो । पानी अन्तै पठाउँदा पनि १ घण्टामा ३० देखि ४० सेमीको दरले जलाशय बढेर आज शनिबार बिहान ४:५० मा पानीको उच्चतम सतह १५३० मी. मा पुगेर स्पील ( भरिएर पोखिन) हुन थालेको उनले जानकारी दिएका छन् ।

विद्युत् गृह चलाएर स्पील हुँदासमेत समेत कुलेखानीको सतह समुद्र सतहदेखि १५३०.६० मी भएपछि ५: ५० बजेतिर बाँधको ढोका एक मिटर खोलेर पानी खोलिएको प्राधिकरणले जनाएको छ ।
कुलेखानी भरिन थालेपछि स्थानीय वासिन्दालाई सतर्कता अपनाउन साइरन बजाइएको थियो ।
पानी तल्लो तटमा पर्ने सिस्नेरी हुँदै बागमतीमा मिसिने हुँदा त्यो भेगका सबैले सतर्कता अपनाउन पनि उपकार्यकारी निर्देशक तिमिल्सिनाले अनुरोध गरेका छन् ।
केन्द्र प्रमुख भट्टकाअनुसार, पानीको तह १५३०.३५ पुगेपछि बाँधका ढोका आंशिक रुपमा खोलिएको हो । कुलेखानीको जलाधार क्षेत्रमा हावाहुरीसहित अबिरल वर्षा भइरहेकाले दुईवटै ढोका पूर्ण रुपमा खोल्नु पर्ने अवस्था आउन सक्ने प्रमुख भट्टले बताए ।
बाँधका ढोका खोलिएकाले जलाशयको तल्लो तटीय क्षेत्रमा पर्ने बागमती नदीको बहाव बढ्ने हुँदा त्यस वरवर क्षेत्रका स्थाानीय बासिन्दाहरु समयमै सुरक्षित र उच्च सतर्कता रहन केन्द्रले आग्रह गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच
-
बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
पेट्रोलियम पदार्थको मूल्यवृद्धि
-
आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
-
६० को दशकमा नेपालको जलविद्युत् : टुकुचा पनि 'दर्ता' हुन्थ्यो