१८ वर्षपछि कुलेखानी बाँधको ढोका खोलियो
जलसरोकार
काठमाडौं : कुलेखानी जलाशय पूर्ण क्षमतामा भरिएपछि नेपाल विद्युत् प्राधिकरणले आज बिहानदेखि बाँधको ढोका खोलेर पानी छाडेको छ ।
कुलेखानी पहिलो जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले आज बिहान ५ बजेर ५० मिनेटदेखि पानी छाडिएको जलसरोकारलाई बताए । उनका अनुसार कुलेखानीका तीनवटै विद्युत गृह एकसाथ चलाउँदा (कुल क्षमता १०६ मेगावाट) पनि जलाशय भरिन नछाडेकाले बाँधको ढोका खोलिएको हो ।
यसअघि २०६३ सालमा कुलेखानी जलाशय पूर्ण रुपमा भरिएर यसैगरी बाँधको ढोका खोलिएको भट्टले बताए ।
कुलेखानीको जलाशयको सतह घटाउन पूर्ण क्षमतामा विद्युत् गृह चलाउँदा १३१ घनमिटर प्रतिसेकेण्ड पानी छाडिएको जानकारी भट्टले दिएका छन् ।
उनका अनुसार हिजो साँझै सिमखोला र चखेलबाट जलाशयमा आउने स्रोत पथान्तरण गरिएको थियो । पानी अन्तै पठाउँदा पनि १ घण्टामा ३० देखि ४० सेमीको दरले जलाशय बढेर आज शनिबार बिहान ४:५० मा पानीको उच्चतम सतह १५३० मी. मा पुगेर स्पील ( भरिएर पोखिन) हुन थालेको उनले जानकारी दिएका छन् ।

विद्युत् गृह चलाएर स्पील हुँदासमेत समेत कुलेखानीको सतह समुद्र सतहदेखि १५३०.६० मी भएपछि ५: ५० बजेतिर बाँधको ढोका एक मिटर खोलेर पानी खोलिएको प्राधिकरणले जनाएको छ ।
कुलेखानी भरिन थालेपछि स्थानीय वासिन्दालाई सतर्कता अपनाउन साइरन बजाइएको थियो ।
पानी तल्लो तटमा पर्ने सिस्नेरी हुँदै बागमतीमा मिसिने हुँदा त्यो भेगका सबैले सतर्कता अपनाउन पनि उपकार्यकारी निर्देशक तिमिल्सिनाले अनुरोध गरेका छन् ।
केन्द्र प्रमुख भट्टकाअनुसार, पानीको तह १५३०.३५ पुगेपछि बाँधका ढोका आंशिक रुपमा खोलिएको हो । कुलेखानीको जलाधार क्षेत्रमा हावाहुरीसहित अबिरल वर्षा भइरहेकाले दुईवटै ढोका पूर्ण रुपमा खोल्नु पर्ने अवस्था आउन सक्ने प्रमुख भट्टले बताए ।
बाँधका ढोका खोलिएकाले जलाशयको तल्लो तटीय क्षेत्रमा पर्ने बागमती नदीको बहाव बढ्ने हुँदा त्यस वरवर क्षेत्रका स्थाानीय बासिन्दाहरु समयमै सुरक्षित र उच्च सतर्कता रहन केन्द्रले आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा