उक्त टावरलाई आपत्कालीन पुनर्स्थापना प्रणाली (Emergency Restoration System-ERS) टावर प्रयोग गरी सञ्चालनमा ल्याउन लागिएको हो ।
स्थायी रुपमा यो प्रसारण लाइन मर्मत गर्न करिब एक वर्ष लाग्ने भए पनि ईआरएस प्रणालीबाट कम्तीमा यो हिउँदको लागि काठमाडौं उपत्यकाको लोडसेडिङ टरेको मर्मतमा खटिएका विद्युत् प्राधिकरणका उपप्रबन्धक तथा टावर विज्ञ बलभद्र अधिकारीले जलसरोकारलाई बताए । अधिकारी ईआरएसको देशकै एकमात्र डिजानर पनि हुन् ।
तामाकोशी नदीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो । बाढी लगत्तै गत असोज १५ गते प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ साइटमा पुगी आवश्यक निर्देशन दिएपछि काम थालेको अधिकारीले बताए । घिसिङ आफैमा इलेक्ट्रिकल इन्जिनियर हुन् ।
टावर बगेपछि ४ वटा टावरको तार (कन्डक्टर) मा पनि क्षति पुगेको थियो । टावर बगाएपछि उक्त लाइनबाट १३ असोजबाट विद्युत् प्रवाह बन्द छ । यसबाट खिम्तीबाट काठमाडौं उपत्यकाको प्रसारण लाइन लिङ्क टुटेको छ । उक्त लाइनबाट करिब २०० मेगावाट विद्युत् प्रवाह हुन्छ ।
अस्थायी रुपले प्रसारण लाइन मर्मत कार्य निरीक्षण गर्न हिजो ऊर्जा राज्यमन्त्री र प्राधिकरणका उपकार्यकारी निर्देशक पुगेका थिए ।
खिम्ती–लामोसाँघु प्रसारण लाइन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएको उक्त लाइनबाट आएको विद्युत्लाई लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौं उपत्यकामा आपूर्ति गरिन्छ ।
प्राधिकरणले आफैंसँग रहेको इआरएस संरचनाको प्रयोग गरी खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याउन लागेको हो । यसका लागि इआरएस टावर जडान गरिसकिएको छ । इआरएस टावर राख्न लागेपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै काममा अवरोध गरेका थिए ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ, रामेछापका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थितिमा भएको छलफलमा स्थानीयसँग सहमति जुटेपछि २ कात्तिकबाट इआरएस टावर राख्न सुरु गरिएको थियो ।
आजदेखि साञ्जेन जलविद्युत् (४२.५ मेगावाट) पूर्ण क्षमतामा सञ्चालन हुँदै
मनाङ-मर्स्याङ्दी जलविद्युत्मा १७ करोड ५२ लाख अमेरिकी डलर लगानी सम्झौता
आजको मौसम मुख्यतया सफा (२५ प्रतिशत आकाश बादलले ढाक्ने)
निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ: अध्यक्ष ढकाल
ऊर्जा दक्षता प्रवर्द्धनको निमित्त अनुुदान योजनाको शुभारम्भ
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय