कमल थापाले बोलाए पदाधिकारी बैठक
जलसरोकार
काठमाडौं: राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज पदाधिकारी बैठक बोलाएका छन् ।
आज दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए ।
आगामी दिनमा हिन्दुराष्ट्र तथा राजसंस्थाको एजेन्डा स्थापित गर्न र संघीयता खारेज गर्नका लागि राजावादीहरुबीच एकजुट हुनुपर्ने आवाज उठिरहेका बेला थापाले बैठक बोलाएका हुन् ।
महामन्त्री बर्तौलाका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आइतबार काठमाडौंमा भएको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रम र आगामी योजनाबारे बैठकमा छलफल हुने छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना