कालिन्चोक हाइड्रोपावरको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ आज बन्द हुँदै
जलसरोकार
काठमाडौँ : कालिन्चोक हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज फागुन १७ गते बन्द हुने भएको छ। कम्पनीले उक्त आईपीओ फागुन १३ गतेदेखि खुला गरेको थियो।
कम्पनीको जारी पूँजी ५५ करोड रुपैयाँ रहेको छ। सो पूँजीको २५ प्रतिशत अर्थात् १३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गरिनेछ। जसमध्ये १० प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता (५ करोड ५० लाख रुपैयाँ बराबर) आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। बाँकी १५ प्रतिशत अर्थात् ८ लाख २५ हजार कित्ता शेयर सर्वसाधारणका लागि पछि निष्काशन गरिनेछ।
सर्वसाधारण समूहअन्तर्गत १० प्रतिशत अर्थात् ८२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको थियो। यही समूहको आईपीओ आजदेखि बन्द हुँदैछ।
आयोजना प्रभावित स्थानीयका लागि न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने न्यूनतम १० कित्ता र अधिकतम ४ हजार कित्तासम्म आवेदन दिन पाइनेछ।
सीडीएससीका अनुसार हालसम्म ७३ हजार ८२७ आवेदकले कुल १० लाख १६ हजार ९७० कित्ताका लागि आवेदन दिएका छन्। यस आधारमा उक्त आईपीओ १२.३२ गुणा बढी आवेदन (ओभरसब्स्क्राइब) भइसकेको छ।
सार्वजनिक निष्काशनका लागि आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक नियुक्त गरिएको छ।
केयर रेटिङ्स नेपाल लिमिटेड (CRNL) ले कम्पनीलाई ‘CARE-NP BB (Is)’ इस्यूअर रेटिङ पुनः पुष्टि गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
कालिन्चोक हाइड्रोपावर लिमिटेड १९ मे २०१६ मा स्थापना भई १५ जुन २०२२ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो। कम्पनीले दोलखा जिल्लामा ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। उक्त आयोजना BOOT (निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण) मोडलअन्तर्गत विकास भइरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मध्य र पूर्वी नेपालका २५ जिल्ला वर्षाको पहेँलो चेतावनीमा, मौसम विभागले सतर्क रहन आग्रह
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?