झलनाथ खनालको दाबी : कम्तीमा ४००० मेगावाट जलविद्युत योजनाको पीपीएबाट ८ अर्बको लेनदेन हुँदैछ
जलसरोकार
काठमाडौँ ः पूर्वप्रधानमन्त्री झलनाथ खनालले जलविद्युत योजनाहरूको पीपीए गर्ने बेला भ्रष्टाचार भएको बताएका छन् । आइतबार पार्टी निकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले अहिले कम्तीमा ४ हजार मेगावाटका जलविद्युत योजनाहरूको पीपीए गर्ने बेला भएको र त्यसमा ६ देखि ८ अर्बको लेनदेन भइरहेको दाबी गरे ।
उनले भ्रष्टाचारको पछिल्लो उदाहरण कुलमान घिसिङलाई हटाउनु भएको बताए । जबकि उनको तीन महिना मात्रै बाँकी थियो । तीन महिना मात्रै भएको कर्मचारीलाई यति जबरजस्ती रूपले निर्ममतापूर्वक, कायरतापूर्वक र स्वार्थपूर्ण ढंगले किन फ्याँकियो । किनभने अहिले विद्युत् प्राधिकरणबाट देशभर विकास गरिने जलविद्युत आयोजनाहरू छन्, त्यसमा कम्तीमा ४ हजार मेगावाटका जलविद्युत योजनाहरूको पीपीए गर्ने बेला भएको छ । बिजुली कतिमा किन्ने भनेर मोलतोल गर्ने बेलामा हो यो । त्यो बेलामा धेरै ठुला लेनदेनका कामहरू हुने गर्दछन् । त्यसमा ६ देखि ८ अर्बको लेनदेन हुनेवाला छ ।’
पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशव्यापी रूपमा भ्रष्टाचार बढेको बताएका छन् । उनले अहिले देशव्यापी रूपमा भ्रष्टाचार नै भ्रष्टाचार रहेको र हरेक क्षेत्रमा सरकारका वरपर भ्रष्टाचार व्याप्त भएको जिकिर गरेका हुन् ।
खनालले भने, ‘देशव्यापी रूपमा भ्रष्टाचार नै भ्रष्टाचार छ । हरेक क्षेत्रमा सरकारका वरिपरि भ्रष्टाचार नै भ्रष्टाचार छ । अनि मन्त्रालयमा गयो भ्रष्टाचार नै भ्रष्टाचार छ । भ्रष्टाचारमा सबैभन्दा पछिल्लो उदाहरण म भन्न चाहन्छु । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणबाट किन फ्याँकियो ? उनले प्रश्न गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना