झलनाथ खनालको दाबी : कम्तीमा ४००० मेगावाट जलविद्युत योजनाको पीपीएबाट ८ अर्बको लेनदेन हुँदैछ


काठमाडौँ ः पूर्वप्रधानमन्त्री झलनाथ खनालले जलविद्युत योजनाहरूको पीपीए गर्ने बेला भ्रष्टाचार भएको बताएका छन् । आइतबार पार्टी निकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले अहिले कम्तीमा ४ हजार मेगावाटका जलविद्युत योजनाहरूको पीपीए गर्ने बेला भएको र त्यसमा ६ देखि ८ अर्बको लेनदेन भइरहेको दाबी गरे ।
उनले भ्रष्टाचारको पछिल्लो उदाहरण कुलमान घिसिङलाई हटाउनु भएको बताए । जबकि उनको तीन महिना मात्रै बाँकी थियो । तीन महिना मात्रै भएको कर्मचारीलाई यति जबरजस्ती रूपले निर्ममतापूर्वक, कायरतापूर्वक र स्वार्थपूर्ण ढंगले किन फ्याँकियो । किनभने अहिले विद्युत् प्राधिकरणबाट देशभर विकास गरिने जलविद्युत आयोजनाहरू छन्, त्यसमा कम्तीमा ४ हजार मेगावाटका जलविद्युत योजनाहरूको पीपीए गर्ने बेला भएको छ । बिजुली कतिमा किन्ने भनेर मोलतोल गर्ने बेलामा हो यो । त्यो बेलामा धेरै ठुला लेनदेनका कामहरू हुने गर्दछन् । त्यसमा ६ देखि ८ अर्बको लेनदेन हुनेवाला छ ।’
पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशव्यापी रूपमा भ्रष्टाचार बढेको बताएका छन् । उनले अहिले देशव्यापी रूपमा भ्रष्टाचार नै भ्रष्टाचार रहेको र हरेक क्षेत्रमा सरकारका वरपर भ्रष्टाचार व्याप्त भएको जिकिर गरेका हुन् ।
खनालले भने, ‘देशव्यापी रूपमा भ्रष्टाचार नै भ्रष्टाचार छ । हरेक क्षेत्रमा सरकारका वरिपरि भ्रष्टाचार नै भ्रष्टाचार छ । अनि मन्त्रालयमा गयो भ्रष्टाचार नै भ्रष्टाचार छ । भ्रष्टाचारमा सबैभन्दा पछिल्लो उदाहरण म भन्न चाहन्छु । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणबाट किन फ्याँकियो ? उनले प्रश्न गरे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइटका ६ वटै टावर ठड्याइए
-
आर्थिक वर्षको पहिलो त्रैमासमा मेची भन्सारको उल्लेखनीय राजस्व वृद्धि
-
तिहारमा देशभर लोडसेडिङ हुदैन, ढुक्कसँग बत्ती बालेर उज्यालोको पर्व मनाउनुहोस् : प्राधिकरण
-
साता कारोबारको पहिलो दिन सयर बजार बढ्यो
-
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
-
भौतिक संरचना पुनर्निर्माण कोषमा ६ करोड १० लाख सङ्कलन