बाढीले क्षतिग्रस्त इवाखोला जलविद्युत आयोजनाको उत्पादन पुनः शुरू
जलसरोकार
काठमाडौं – गत वर्ष जेठ अन्तिममा आएको बाढीले क्षतिग्रस्त बनेको इवाखोला जलविद्युत आयोजनाले पुर्ननिर्माण पश्चात उत्पादन सुरु गरेको छ । बाढीले क्षति भएका संरचनाको मर्मत सम्भार पश्चात मंगलबारबाट विद्युत् उत्पादन सुरु गरेको हो ।
रिडी पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत आयोजना विसं २०७० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता भएको थियो, भने निर्माण सम्पन्न गरी २०७६ साल असोज २० गतेदेखि सञ्चालनमा रहेको छ ।
आयोजना निर्माणको कार्य अघि बढाएको थियो । २०८० जेठ ३२ गते पूर्वी नेपालमा आएको भीषण बाढीले आयोजनाको विद्युतगृह, बाँधस्थल, गेट र हेडरस पाइपमा क्षति पुगेपछि विद्युत उत्पादन बन्द भएको थियो । पाँचथर र ताप्लेजुङको सिमानामा बग्ने काबेली नदीमा निर्माण गरिएको यस आयोजनाबाट वर्षायामको समयमा ९.९ मेगावाट विद्युत् उत्पादन हुन्छ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्थानीयलाई जलविद्युत् सेयर अंकित मूल्यमै उपलब्ध गराउन इप्पानको आग्रह
-
माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि सुझाव माग
-
पञ्चेश्वर : कसको हितको आयोजना?
-
साहस ऊर्जाको नाफा ५२ प्रतिशतले बढ्यो, एक वर्षमा १ अर्ब ३५ करोड रुपैयाँ खुद आम्दानी
-
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
नीतिगत तथा प्रक्रियागत अवरोध ऊर्जा क्षेत्रको मुख्य चुनौती : मन्त्री श्रेष्ठ