लेखा समितिले गत २०८० पुस १२ गते आईपीओ जारी गर्न रियल नेटवर्थ ९० रुपैयाँभन्दा बढी हुनुपर्ने भन्ने निर्देशन दिएको थियो ।
लेखा समितिको निर्देशनलाई देखाएर नेपाल धितोपत्र बोर्डले ४२ वटा जलविद्युत कम्पनीको आइपीओे अनुमति रोकेको छ ।
उक्त निर्देशनका कारण निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाहरुमा एकातिर वित्तीय व्यवस्थापनमा समस्या भएको छ भने अर्कोतिर, स्थानीयले कहिले शेयर दिने हो भनेर गरेको प्रश्नको समेत उत्तर दिन नसक्दा आयोजना निर्माणमा स्थानीय अवरोध समेत सिर्जना हुन थालेको इप्पानले जनाएको छ ।
‘अतः उक्त निर्णयलाई पुर्नविचार गरी विद्यमान कानुनी व्यवस्थाका आधारमा आईपीओ निष्काशनको वातावरण बनाईदिनहुन माननीय सभापतिज्यूसमक्ष विनम्र अनुरोध गर्दछौ,’ इप्पानले भनेको छ ।
यसैगरी लेखा समितिको सोही मितिको निर्णय नं. ६ मा उल्लेख भएको ‘जलविद्युत आयोजना स्थापना गर्दा लगानी गर्ने आधारभूत शेयरधनीहरुको आयोजना निर्माणमा लिएको ऋण चुक्ता नहुञ्जेलसम्म आधारभूत शेयरधनीको एक तिहाई शेयर लक ईन अवधि सकिएपछि पनि बिक्री गर्न नपाउने’ व्यवस्थाले इक्वीटी लगानीको वातावरणमासमेत असर पर्ने इप्पानको भनाइ छ ।
इप्पानका अनुसार अहिले एउटा आयोजनामा मात्रै ‘क्राउड फाइनान्सिङ’ (धेरै व्यक्तिको लगानी) का माध्यमबाट १० हजारभन्दा बढीसम्म संस्थापक लगानीकर्ता रहेका छन् ।
यसरी अवधि सकिएपछि पनि शेयर विक्री गर्न नपाउने व्यवस्था कायम भएमा एउटा आयोजनाको प्रवद्र्धकहरुले अर्को आयोजनामा लगानी गरेर भविष्यमा ठूला ठूला आयोजनाहरु निर्माण नहुने भएकोले नेपाल सरकारको आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन पुर्याउने लक्ष्य सहितको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ कार्यान्वयमा समेत बाधा पुग्ने भएको छ ।
सरकारको लक्ष्य पूरा गर्न जलविद्युत आयोजनाको संस्थापक शेयरमा ‘क्राउड फाइनान्सिङ’ को माध्यमबाट लगानी गर्ने वातावरण निर्माणका लागि उक्त निर्णयलाई पुर्नविचार गरी विद्यमान कानूनी व्यवस्थाका आधारमा आइपीओ निष्काशनको वातावरण बनाई दिन पनि इप्पानले अनुरोध गरेको छ ।
पाथीभरामा यस वर्षकै बाग्लो हिमपात
एउटै वडामा तीन जलविद्युत् आयोजनाको निर्माण सुरू
विद्यु्त् नियमन आयोग पनि बिजुली बक्यौता नतिर्ने व्यापारीकै पक्षमा
कोशी र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना
माओवादीले स्थानीय जनप्रतिनिधिलाई समाजवादबारे प्रशिक्षण दिने
चार दिनदेखि विद्युत् उत्पादन बन्द