एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी
जलसरोकार
काठमाडौँ,: विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्नेक्रम सुरु भएसँगै पछिल्लो एक सातामा दुई जलविद्युत् आयोजनामा बैंक तथा वित्तीय संस्थाले रु २६ अर्ब बराबरको ऋण लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
केहीदिन पहिले लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवद्र्धित ४९ दशमलव ९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको थियो । दानाखोलामा विभिन्न बैंक तथा वित्तीय संस्थाले रु नौ अर्ब ९६ करोड लगानी गर्नेगरी सम्झौता भइसकेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)का उपाध्यक्षसमेत रहनुभएमा प्रवद्र्धक मोहनकुमार डाँगीले जानकारी दिए । यस आयोजनामा रु ७४ करोड बराबरको शेयर आयोजना प्रभावित स्थानीयवासीलाई जारी गरिनेछ भने रु एक अर्ब ७४ करोड बराबरको लगानी सञ्चालक एवं प्रवद्र्धकले गर्नेछन् ।
साथै लमजुङमा आयोजनास्थल रहेको एक सय दुई मेगावाट क्षमताको अप्पर मस्र्याङ्दी एक जलविद्युत् आयोजनामा पनि लगानी जुटेको छ । अप्पर मस्र्याङ्दी हाइड्रोपावर कम्पनी प्रवद्र्धक रहेको सो आयोजनामा विभिन्न बैंकले रु १६ अर्ब बराबरको लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
प्रवद्र्धक कम्पनीले उपलब्ध गराएको विवरण अनुसार लक्ष्मी सनराइज बैंकले रु सात अर्ब, ग्लोबल आइएमइ बैंकले रु छ अर्ब र प्रभु बैंकले रु तीन अर्ब बराबरको लगानी गर्ने भएका हुन् । सो आयोजनाको कूल लागत रु २१ अर्ब ४० करोड बराबर रहनेछ । कूल लागतमध्ये ७४ दशमलव ७७ प्रतिशत बैंकले र २५ दशमलव २३ प्रतिशत प्रवद्र्धकले लगानी गर्नेछन् ।
आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता, विद्युत् उत्पादन अनुमतिपत्रसमेत प्राप्त भइसकेको छ । आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाबाट वार्षिक पाँच सय ८३ दशमलव शून्य तीन गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ ।
इपानका अध्यक्ष गणेश कार्कीका अनुसार अन्य आयोजनामा पनि क्रमशः वित्तीय व्यवस्थापन हुनेक्रम अगाडि बढेको छ । उहाँले छोटो अवधिमा २० वटा जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको र केही प्रक्रियामा रहेको जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा तीन निर्माण ठेक्का अन्त्य, फर्महरूमाथि कारबाही प्रक्रिया अगाडि बढ्यो
-
सिंगटी हाईड्रोको मुख्य लगानीमा बन्ने ६१ मेगावाटको नारखोलामा जुट्यो लगानी, कुमारी बैंकको अगुवाइमा ५ बैंकले लगानी गर्ने
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव