लगानी सम्मेलन : पहिलो दिन २१ सयभन्दा बढी सहभागी
उद्घाटनमै भए दुई सम्झौता
जलसरोकार
काठमाडौं । तेस्रो लगानी सम्मेलनको पहिलो दिन २१ सयभन्दा धेरै जना सहभागी भएका छन् । आज २ हजार १ सय ६३ जना सहभागी भएको लगानी बोर्डले जनाएको छ ।
जसमा नेपालबाट ६८०, चीनबाट २४० र भारतबाट १८६ जना सहभागी भएका छन् । सम्मेलनस्थलमा २३ वटा स्टल (प्रदर्शनी कक्ष) राखिएका छन् । लगानी बोर्डका अनुसार २ दिनको सम्मेलनमा ६० भन्दा बढी देशका १६ सय लगानीकर्ताले भाग लिने छन् ।
लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन् । १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ ।
सम्मेलनमा लगानीका लागि बाधक र झन्झटिलो प्रक्रियालाई सरल र सहज बनाउन सरकारले ९ वटा ऐन अध्यादेशमार्फत् संशोधन गरिसकेको छ
बोर्डले २ हजार ४०० भन्दा धेरैलाई नेपालको लगानी सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाएको थियो । सम्मेलनमा विभिन्न ६० देशबाट लगानीकर्ता सहभागी छन् । सम्मेलनमा आज विभिन्न सत्र सहित समापन हुने बोर्डले जनाएको छ।
उद्घाटनमै भए दुई सम्झौता
तेस्रो लगानी सम्मेलनका दौरान दुई सम्झौता भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रिज मलेसियाबीच लगानी सम्मेलनको उद्घाटनका अवसरमा द्विपक्षीय सम्झौता भएको हो ।
सो अवसरमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियाका तर्फबाट अध्यक्ष टान सी थायन लाइले हस्ताक्षर गरेका हुन् ।
यसै गरी आइतबार नै डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्य गर्नेबारे नेपालको बीएलसी ग्रुप र भारतको योट्टा डाटा सर्भिसेजबीच सम्झौता भएको छ ।
सम्झौतामा बीएलसी होल्डिङ्सका प्रवन्ध निर्देशक मेघा चौधरी र सेन्टरका सीइओ सुनिल गुप्ताले हस्ताक्षर गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी
-
यस्तो रहने छ आजको मौसम
-
ट्रंक तथा डेडिकेटेडको बक्यौता नउठाउन हितेन्द्रदेव शाक्यको पक्षमा सरकारलाई परमादेश
-
मन्त्री घिसिङ र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेटवार्ता, महाकाली सिँचाइ र प्रसारण लाइन विस्तारमा छलफल