लगानी सम्मेलन : पहिलो दिन २१ सयभन्दा बढी सहभागी
उद्घाटनमै भए दुई सम्झौता
जलसरोकार
काठमाडौं । तेस्रो लगानी सम्मेलनको पहिलो दिन २१ सयभन्दा धेरै जना सहभागी भएका छन् । आज २ हजार १ सय ६३ जना सहभागी भएको लगानी बोर्डले जनाएको छ ।
जसमा नेपालबाट ६८०, चीनबाट २४० र भारतबाट १८६ जना सहभागी भएका छन् । सम्मेलनस्थलमा २३ वटा स्टल (प्रदर्शनी कक्ष) राखिएका छन् । लगानी बोर्डका अनुसार २ दिनको सम्मेलनमा ६० भन्दा बढी देशका १६ सय लगानीकर्ताले भाग लिने छन् ।
लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन् । १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ ।
सम्मेलनमा लगानीका लागि बाधक र झन्झटिलो प्रक्रियालाई सरल र सहज बनाउन सरकारले ९ वटा ऐन अध्यादेशमार्फत् संशोधन गरिसकेको छ
बोर्डले २ हजार ४०० भन्दा धेरैलाई नेपालको लगानी सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाएको थियो । सम्मेलनमा विभिन्न ६० देशबाट लगानीकर्ता सहभागी छन् । सम्मेलनमा आज विभिन्न सत्र सहित समापन हुने बोर्डले जनाएको छ।
उद्घाटनमै भए दुई सम्झौता
तेस्रो लगानी सम्मेलनका दौरान दुई सम्झौता भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रिज मलेसियाबीच लगानी सम्मेलनको उद्घाटनका अवसरमा द्विपक्षीय सम्झौता भएको हो ।
सो अवसरमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियाका तर्फबाट अध्यक्ष टान सी थायन लाइले हस्ताक्षर गरेका हुन् ।
यसै गरी आइतबार नै डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्य गर्नेबारे नेपालको बीएलसी ग्रुप र भारतको योट्टा डाटा सर्भिसेजबीच सम्झौता भएको छ ।
सम्झौतामा बीएलसी होल्डिङ्सका प्रवन्ध निर्देशक मेघा चौधरी र सेन्टरका सीइओ सुनिल गुप्ताले हस्ताक्षर गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने