अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
जलसरोकार
काठमाडौँ : अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा पदभार ग्रहण गरेकी छन् ।
आज बिहान सिंहदरबार पुगेर उनले अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी हुन् । पदभार ग्रहण गर्नुअघि कार्कीले शहीद गेटमा माल्यार्पण गर्दै शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।
उनी सिंहदरबारको गृहमन्त्रालयको नयाँ भवनबाट औपचारिक रूपमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने क्रममा उपस्थित भएकी थिइन् ।
जेनजी आन्दोलनको बलमा सुशीला कार्की शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना