देशलाई सही निकासतर्फ लैजान एकीकरण महत्वपूर्ण : कुलमान घिसिङ
जलसरोकार
काठमाडौँ : उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै दुबै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग दल एक ठाउँमा उभिने सहमति भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै संरक्षक घिसिङले यो एकीकरणले देशलाई सही निकासतर्फ लैजान महत्वपूर्ण भूमिका खेल्नेमा आफूहरू दृढ विश्वासमा रहेको उल्लेख गरेका छन् । उनले उज्यालो नेपालको भविष्य मार्गचित्रमा यो सहमति निर्णायक मोडका रूपमा रहने बताए ।
“उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको छ । पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै हामी एक ठाउँमा उभिएका छौँ,” घिसिङले फेसबुकमा लेखेका छन् ।
उनले उज्यालो नेपाल अभियानलाई अझ सशक्त र प्रभावकारी बनाउन निरन्तर साथ र सहयोगको अपेक्षा गर्दै आम नागरिकप्रति विश्वास व्यक्त गरेका छन् । एकीकरणसम्बन्धी सहमतिपछि दुवै दलका नेताहरूबीच औपचारिक दस्तावेज आदान–प्रदान र हातेमालो गरिएको तस्बिरसमेत सार्वजनिक गरिएको छ ।
दुई दलबीचको यो सहमतिलाई वर्तमान राजनीतिक परिस्थितिमा नयाँ आशा र सम्भावनाको रूपमा हेरिएको छ । एकीकरणपछिको आगामी कार्ययोजना, सांगठनिक संरचना र राजनीतिक दिशाबारे थप विवरण छिट्टै सार्वजनिक गरिने जनाइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?