सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

देशलाई सही निकासतर्फ लैजान एकीकरण महत्वपूर्ण : कुलमान घिसिङ

जलसरोकार
मंगलबार, पुस १५, २०८२ | ११:०४:५९ बजे

 

काठमाडौँ  : उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै दुबै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग दल एक ठाउँमा उभिने सहमति भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै संरक्षक घिसिङले यो एकीकरणले देशलाई सही निकासतर्फ लैजान महत्वपूर्ण भूमिका खेल्नेमा आफूहरू दृढ विश्वासमा रहेको उल्लेख गरेका छन् । उनले उज्यालो नेपालको भविष्य मार्गचित्रमा यो सहमति निर्णायक मोडका रूपमा रहने बताए ।

“उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको छ । पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै हामी एक ठाउँमा उभिएका छौँ,” घिसिङले फेसबुकमा लेखेका छन् ।

उनले उज्यालो नेपाल अभियानलाई अझ सशक्त र प्रभावकारी बनाउन निरन्तर साथ र सहयोगको अपेक्षा गर्दै आम नागरिकप्रति विश्वास व्यक्त गरेका छन् । एकीकरणसम्बन्धी सहमतिपछि दुवै दलका नेताहरूबीच औपचारिक दस्तावेज आदान–प्रदान र हातेमालो गरिएको तस्बिरसमेत सार्वजनिक गरिएको छ ।

दुई दलबीचको यो सहमतिलाई वर्तमान राजनीतिक परिस्थितिमा नयाँ आशा र सम्भावनाको रूपमा हेरिएको छ । एकीकरणपछिको आगामी कार्ययोजना, सांगठनिक संरचना र राजनीतिक दिशाबारे थप विवरण छिट्टै सार्वजनिक गरिने जनाइएको छ ।

प्रकाशित मिति : मंगलबार, पुस १५, २०८२ | ११:०४:५९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया