स्वदेशी ऊर्जा प्रयोग नगरी आयातीत पेट्रोलियम पदार्थमा रमाइयो
जलसरोकार
काठमाडौं – नेपाल आफूसँग भएको जलस्रोतको प्रयोग नगरी आयातीत पेट्रोलियम पदार्थको प्रयोगमा रमाएको ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् । काठमाडौंमा बुधबार भएको ‘हाइड्रो डाइलग’ कार्यक्रममा बोल्दै ऊर्जामन्त्री बस्नेतले जलस्रोतको धनी देश नेपाल आफ्नो उत्पादन भन्दा आयातीत पेट्रोलियम पदार्थमा रमाएको बताए । उनले आफूसँग भएका स्रोतको सही ढङ्गले सदुपयोग गर्नसक्ने देशले आर्थिक समृद्धिको यात्रामा पाइला चाल्न नसक्ने दाबी गरे ।
मन्त्री बस्नेतले नेपाल ग्रिन अर्थतन्त्रमा जानको लागि नीतिगत रुपमा नै कार्यक्रमहरु बनाएर जान आवश्यक देखिएको बताए। यस्तै सरकारले बनाउने नीति तथा कार्यक्रममा ग्रीन अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताए्। नेपालमा ग्रीन अर्थतन्त्र र ग्रिन आर्थिक विकासको चर्चा गर्न ढिला भएको भन्दै अब ग्रीन अर्थतन्त्रका विषयमा बहस छलफल गरी नीतिगत रुपमा अघि बढ्नुको विकल्प नभएको बस्नेतले बताए । उनले स्रोत उलब्धताको दृष्टिकोणबाट हेर्दा नेपाल सरकारले स्रोतलाई आर्थिक विकासको अभियानमा व्यवस्थित ढङ्गले सदुपयोग गरी आर्थिक विकास समृद्धिको सपना पूरा गर्न नसकेको उल्लेख गरे । ऊर्जामन्त्री बस्नेतले विश्व लागि ग्रीन अर्थतन्त्रमा गइसकेको बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए कतारले १० नेपाली श्रमिकका परिवारलाई कतार घुमाउँदै, परिवारसँग गराउँदै पुनर्मिलन
-
हेटौँडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम समयमै सक्न मन्त्री श्रेष्ठको निर्देशन
-
सुन र चाँदी दुवैको मूल्य घट्दा आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
बाढीपहिरोले म्याग्दीका जलविद्युत् आयोजनामा ठूलो क्षति, २१६ मेगावाटको उत्पादन ठप्प
-
आज यी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा हुने
-
आज देशभर मौसमजन्य चेतावनी छैन, केही क्षेत्रमा वर्षा र हिमपातको संकेत