खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन पहल, अनावश्यक सञ्चय नगर्न विभागको आग्रह
जलसरोकार
काठमाडौँ : खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको समस्या समाधान गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र नियमन गर्ने जनाएको छ ।
पछिल्ला दिनमा ग्यास वितरणमा समस्या देखिँदा उपभोक्ताले सास्ती बेहोर्नु परेपछि विभाग सक्रिय बनेको हो । विभागले नेपाल आयल निगमलाई ढुवानी व्यवस्थापन प्रभावकारी बनाउन आवश्यक कदम चाल्न आग्रह गरेको छ भने प्रमुख ग्यास उत्पादक कम्पनीहरूलाई पनि आवश्यक निर्देशन दिएको जनाएको छ ।
काठमाडौँ उपत्यकामा रहेका ग्यास बोटलिङ उद्योगहरूको अनुगमन गर्दै विभागले उपभोक्ताको मागअनुसार उत्पादन र वितरण बढाउन निर्देशन दिएको छ । उद्योगहरूलाई पूर्ण क्षमतामा ग्यास आपूर्ति गरी उत्पादन क्षमता बढाउनुपर्ने विभागको भनाइ छ ।
त्यस्तै एलपी ग्यास वितरण गर्ने डिलर, रिटेलर तथा सप्लायर्स कम्पनीहरूले उपभोक्ताको मागको प्रभावकारी अभिलेख राख्दै ग्यासको अनावश्यक सञ्चय हुन नदिई समन्यायिक वितरण गर्नुपर्ने विभागले जनाएको छ ।
विभागले उपभोक्ता तथा व्यावसायिक प्रतिष्ठानलाई पनि अनावश्यक सञ्चय नगरी आवश्यक परिमाणमा मात्र ग्यास खरिद गरी सहयोग गर्न आग्रह गरेको छ ।
यसैबीच विभागले बजारमा ग्यासको उपलब्धता, भण्डारण र वितरणको अवस्थाबारे उद्योग, ठूला सप्लायर्स तथा साना डिलर स्तरसम्म आपूर्ति शृङ्खलाको अनुगमन र विश्लेषण गरेको स्पष्ट पारेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता