विद्युत बिक्री बढेसँगै ईङवा हाइड्रोपावर नाफामा
जलसरोकार
काठमाडौँ: ईङवा हाइड्रोपावर लिमिटेड (IHL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
चालु आर्थिक वर्षको पहिलो छ महिनामा कम्पनीले विद्युत बिक्रीबाट १५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिमा १३ करोड १ लाख रुपैयाँ रहेको थियो।
आम्दानी बढेसँगै गत आर्थिक वर्षको पुस मसान्तसम्म २९ लाख ९६ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनी चालु आर्थिक वर्षको सोही अवधिमा १ करोड ३५ लाख रुपैयाँ नाफामा पुगेको छ।
पुस मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५० पैसा र प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ २ पैसा रहेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात १२१.४५ गुणा रहेको छ।
६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विटी भने १ करोड १८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लामा रहेको ९.७ मेगावाट क्षमताको अप्पर ईङवा खोला स्मल हाइड्रोपावर आयोजनाबाट २०८० चैत २८ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रतितोला २० हजार ५०० रुपैयाँले घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सम्पन्न, कर्णालीमा गुणस्तरीय विद्युत् आपूर्तिको नयाँ युग : घिसिङ
-
एमसीसी अन्तर्गत बन्ने प्रसारण लाइन दायाँ–बायाँ संरचना र रुख रोप्न रोक
-
सुपर मादी हाइड्रोपावरको नाफा ६९ प्रतिशतले बढ्यो
-
पाँचथर पावर नाफामा, छ महिनामा २४ करोडको विद्युत बिक्री
-
भारी हिमपातले कोरलानाका ठप्प, नेपाल–चीन व्यापार प्रभावित