विद्युत बिक्री बढेसँगै ईङवा हाइड्रोपावर नाफामा
जलसरोकार
काठमाडौँ: ईङवा हाइड्रोपावर लिमिटेड (IHL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
चालु आर्थिक वर्षको पहिलो छ महिनामा कम्पनीले विद्युत बिक्रीबाट १५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिमा १३ करोड १ लाख रुपैयाँ रहेको थियो।
आम्दानी बढेसँगै गत आर्थिक वर्षको पुस मसान्तसम्म २९ लाख ९६ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनी चालु आर्थिक वर्षको सोही अवधिमा १ करोड ३५ लाख रुपैयाँ नाफामा पुगेको छ।
पुस मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५० पैसा र प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ २ पैसा रहेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात १२१.४५ गुणा रहेको छ।
६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विटी भने १ करोड १८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लामा रहेको ९.७ मेगावाट क्षमताको अप्पर ईङवा खोला स्मल हाइड्रोपावर आयोजनाबाट २०८० चैत २८ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता