सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

ग्यास उद्योगीलाई ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्तिले विवादमा आएकी उद्योगमन्त्री यादवले दिइन् राजीनामा

जलसरोकार
बिहीबार, भदौ २५, २०८३ | १४:१३:२५ बजे

 

काठमाडौँ : ग्यास उद्योगीलाई ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्ति दिएर विवादमा आएकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छन् ।

मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर आफ्नो राजीनामा बुझाएकी हुन् । यादवको सचिवालयले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको पुष्टि गरेको छ ।

ग्यास उद्योगीलाई लक्षित गर्दै बिहीबार नै विवादित अभिव्यक्ति दिएपछि मन्त्री यादव आलोचनामा परेकी थिइन् । उनले ग्यास उद्योगीलाई ‘पाता कस्नुपर्ने’ भन्दै दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो ।

विवादित अभिव्यक्ति दिएको केही समयमै उनले मन्त्री पदबाट राजीनामा दिएकी हुन् । उनको राजीनामासँगै उक्त अभिव्यक्तिलाई लिएर उत्पन्न विवादले राजनीतिक रूपसमेत लिएको छ ।

यादवले चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी थिइन् । उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

प्रकाशित मिति : बिहीबार, भदौ २५, २०८३ | १४:१३:२५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया