भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जलसरोकार
काठमाडौं : भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ । भारतको ऊर्जा मन्त्रालयले १४ सेप्टेम्बरमा विज्ञप्ति जारी गर्दै आगामी डिसेम्बर ३१ सम्म नेपाललाई उक्त परिमाणमा विद्युत् उपलब्ध गराउने जानकारी दिएको हो ।
भारतका अनुसार नेपाल विद्युत् प्राधिकरणलाई यही सेप्टेम्बर १३ देखि डिसेम्बर ३१ सम्म राति १२ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उपलब्ध गराइनेछ ।
भारतले मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाट तथा टनकपुर–महेन्द्रनगर १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत ५४ मेगावाट विद्युत् उपलब्ध गराउने जनाएको छ । दुवै प्रसारण लाइनबाट गरी नेपालले दैनिक अधिकतम ६५४ मेगावाट विद्युत् प्राप्त गर्नेछ ।
भारतले सन् २०२७ जनवरीदेखि हुने विद्युत् निर्यातको विषयमा भने सन् २०२६ डिसेम्बरमा समीक्षा गरिने जनाएको छ ।
यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जलविद्युत् आयोजनाका संरचना तथा पूर्वाधारमा ठूलो क्षति पुगेपछि नेपालमा विद्युत् उत्पादन तथा आपूर्तिमा चुनौती थपिएको छ । यही परिस्थितिलाई ध्यानमा राख्दै भारतले नेपाललाई विद्युत् उपलब्ध गराउने निर्णय गरेको हो ।
भारतको ऊर्जा मन्त्रालयले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको जनाएको छ ।
बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाहरूको उत्पादनमा परेको असर तथा विद्युत् आपूर्तिको व्यवस्थापनमा भारतबाट हुने यो सहयोगले नेपाललाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमे उद्धारमा २४ सै घण्टा प्रयास, १५०–१६० मिटर सुरुङ जलमग्न
-
कुलेखानीले सिकाएको नेतृत्व, आज प्राधिकरणमा किन छैन?
-
जलविद्युत् विकास रोक्ने होइन, निर्माणको शैली परिवर्तन गर्ने समय
-
स्नो रिभर्सले घोषणा गर्यो १० प्रतिशत बोनस शेयर र नगद लाभांश
-
भोटेकोशी बाढीबाट २५ करोडभन्दा बढीकाे खानेपानी आयोजनामा क्षति
-
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने