हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलसरोकार
काठमाडौं : भारतले आगामी हिउँदयामका लागि नेपाललाई ६ सय ५४ मेगावाट बिजुली आयात गर्ने सहमति दिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभागका निर्देशक चन्दनकुमार घोषका अनुसार यही नोभेम्बर १९ (मंसिर ४) देखि आगामी मार्च १५ (चैत २) सम्म र आगामी मार्च १५ देखि जून ३० (असार १६) गरी दुई चरणमा अनुमति दिएको हो ।
यसअनुसार ढल्केबर-मुजफफ्फुर अन्तर्देशीय प्रसारण लाइनबाट ६ सय मेगावाट टनकपुरबाट ५४ मेगावाट बिजुली नेपालले हिउँदयामका लागि प्राप्त गर्नेछ ।
घोषका अनुसार नोभेम्बर १९ देखि मार्च १५ सम्मको अवधिमा भारतले राति ९ देखि भोलिपल्ट साँझ ५ बजेसम्म उक्त परिमाणको बिजुली उपलब्ध गराउनेछ भने मार्च १५ देखि जून ३० सम्म बिहान ६ देखि बेलुकी ६ बजेसम्म (सोलार आवर) सम्म दिनेछ ।
मार्च १५ देखि जून ३० सम्म २० घण्टाको साटो १२ घण्टा मात्र बिजुली आयात गर्न पाइने गरी सहमति आएको घोषले जलसरोकारलाई बताए ।
यसपालिको हिउँदमा अपेक्षित उच्चतम माग (पिक डिमाण्ड) २४ सय मेगावाट हुने घोषले जानकारी दिए । त्यतिबेलाको उत्पादन भने ११ सयदेखि १२ सय मेगावाट हुने अनुमान छ ।
प्राधिकरणको सहायक कम्पनीले प्रवद्र्धन गरेको र यसै हिउँदयाममा उत्पादन गर्ने तयारीमा रहेका रसुवागढी, मध्य भोटेकोसी, साञ्जेलन लगायतका आयोजनाबाट हिउँदयाममा एक तिहाई प्राप्त हुनेछ । कुल एक सय ६० मेगावाटका यी आयोजनाहरुमो करिब ४८ मेगावाट फर्म इनर्जी उत्पादन हुनेछ ।
गत असोज १०–१२ को अबिरल वर्षाका कारण आएको पहिरोका कारण ठप्प भएको माथिल्लो तामाकोसी (जडित क्षमता ४५६ मेगावाट) लाई पूर्ण अर्धजलाशयको प्रकृतिमा उत्पादन हुने गरी अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडले मर्मत कार्य तीव्र बनाएको छ ।
‘यसपालिको हिउँदयामको विद्युत र ऊर्जाको अवस्थाबारे हामी विश्लेषण गरिरहेका छौं,’ घोषले भने ।
प्राधिकरणको ऊर्जा उपलब्धता विश्लेषणअनुसार आगामी सन् २०३२ सम्म नेपालले हिउँदयाममा भारतबाट बिजुली आयात गर्नुपर्नेछ ।
२०४६ सालदेखि नै राजनीतिका प्रमुख जिम्मेवार दलहरुले जलाशययुक्त आयोजना निर्माणमा ध्यान नदिंदा नेपालले हरेक हिउँदयाममा बिजुली आयात गर्नुपरेको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्