बूढानीलकण्ठमा 'पाकिस्तान-नेपाल बाल उद्यान' उद्घाटन
जलसरोकार
काठमाडौं : पाकिस्तान दूतावासको पहलमा बूढानीलकण्ठ नगरपालिका-८ मा ‘पाकिस्तान-नेपाल बाल उद्यान’ उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मी प्रमुख अतिथिका रूपमा सहभागी भए ।
समारोहमा बूढानीलकण्ठ नगरपालिकाका मेयर मितराम अधिकारी, सिर्जनात्मक सदस्य विनोद थापा, लायन्स इन्टरनेशनलका निर्वाचित गभर्नर हीरा प्रसाद गुप्ता, एचआरएस एड्भेन्चर्सका अध्यक्ष रामप्रसाद उपाध्याय, सामाजिक अभियन्ता तथा फ्रन्टियर ग्लोबल फाउन्डेसन एसियाका महासचिव शिरोमणि शर्मा, सञ्चारकर्मी, स्थानीय बासिन्दा तथा दूतावासका अधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत हाश्मीले बाल उद्यान निर्माणको कार्यान्वयनमा साथ दिएकोमा बूढानीलकण्ठ नगरपालिकाप्रति आभार व्यक्त गरे । बालबालिकाका लागि खेलस्थल, झुला, नयाँ पदमार्ग जस्ता संरचनाको स्तरोन्नति गर्न योगदान दिएको दूतावास टोलीलाई पनि उनले धन्यवाद दिए ।

उक्त पार्क गुल्फटार समुदायका बालबालिकालाई 'पाकिस्तानका बालबालिका र जनताको तर्फबाट दिएको उपहार' का रूपमा समर्पण गरिएको पाकिस्तानी दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा छ ।
मेयर तथा अन्य विशेष अतिथिहरूले बाल उद्यान प्रदान गरेकोमा पाकिस्तान सरकार तथा जनताप्रति आभार प्रकट गरे। उनीहरूले यो उद्यान दुई देशबीचको मित्रता र सहयोगको प्रतीकका रूपमा रहने विश्वास व्यक्त गरे ।
स्थानीय समुदाय र नागरिक समाजका प्रतिनिधिहरूले पार्कमा नयाँ संरचना थपिएको र वातावरणीय सौन्दर्यकरण गरिएकोमा दूतावास र नगरपालिकालाई धन्यवाद दिए। उनीहरू आफ्ना बालबालिका र सबै उमेर समूहका मानिसहरूले स्वस्थ र रचनात्मक गतिविधिका लागि अब एउटा राम्रो स्थान पाएकोमा उत्साहित देखिन्थे।
पाकिस्तान दूतावासले काठमाडौं र बूढानीलकण्ठ नगरपालिकासँगको सहकार्यमा पछिल्ला तीन वर्षमा तीनवटा पार्क पुनर्निर्माण गरिसकेको छ। यस्ता पार्कहरू परिवार, बालबालिका र वृद्धवृद्धाहरूका लागि आपसी सम्बन्ध सुदृढ गर्ने स्वागतयोग्य स्थानका रूपमा विकास गरिएका हुन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्थानीयलाई जलविद्युत् सेयर अंकित मूल्यमै उपलब्ध गराउन इप्पानको आग्रह
-
माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि सुझाव माग
-
पञ्चेश्वर : कसको हितको आयोजना?
-
साहस ऊर्जाको नाफा ५२ प्रतिशतले बढ्यो, एक वर्षमा १ अर्ब ३५ करोड रुपैयाँ खुद आम्दानी
-
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
नीतिगत तथा प्रक्रियागत अवरोध ऊर्जा क्षेत्रको मुख्य चुनौती : मन्त्री श्रेष्ठ