जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

२०८० सालमा ४६० मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा थपियो

कमल धिताल
शुक्रबार, चैत ३०, २०८० | १५:३३:१० बजे

२०८० सालमा ४६० मेगावाट बिजुली थप 

काठमाडौं– २०८० सालमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा ४६० मेगावाट बिजुली थपिएको छ । ४६० मेगावाट थपिएसँगै नेपालको राष्ट्रिय प्रसारण लाइनको जडित क्षमता ३०५४ मेगावाट पुगेको छ । यस वर्ष २२ वटा आयोजनाका ४६० मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । यसरी समग्र विद्युतको जडित क्षमता ३०५४ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।  २०८० को सुरुवातमै २ मेगावाटको सौर्य विद्युत पावर कम्पनीको २ मेगावाट सोलार आयोजना राष्ट्रिय प्रणालीमा जडानबाट सुरु भएको जलविद्युत् वर्षको अन्त्यमा ७१ मेगावाटको निलगिरि खोला २ क्यास्केड प्रोजेक्ट प्रणालीमा जोडिएपछि ३०५४ पुगेको छ ।

२०८० मा उत्पादन सुरु गरेको आयोजनाहरु 
वर्ष २०८० मा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा सौर्य विद्युत् पावर प्रा.लि.को २ मेगावाटको ग्रिड कनेक्टेड सोलार प्रोजेक्ट, पियोर इनर्जी प्रा.लि.को १० मेगावाट क्षमताको सोलार पीभी प्रोजेक्ट, पिपुल्स हाइड्रो पावर कम्पनीद्धारा निर्मित ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, बेनी हाइड्रो पावर प्रोजेक्ट प्रा.लि.को १९.८ मेगावाट क्षमताको माथिल्लो सोलु आयोजना, मायाखोला हाइड्रो हाइड्रोपावर  कम्पनी प्रा.लि.प्रर्वद्धक रहेको १४.९ मेगावाट क्षमताको माया खोला जलविद्युत् आयोजना,  गाउँघर उज्यालो साना हाइड्रोपावर कम्पनी प्रा.लि. प्रर्वद्धक रहेको ९७० किलोवाट क्षमताको घट्टे खोला जलविद्युत् आयोजना, ग्लोबल हाइड्रोपावर एसोशिएट प्रा.लि. प्रर्वद्धक रहेको ५२.४ मेगावाट क्षमता रहेको लिखु–२ जलविद्युत् आयोजना प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएको छ । यसैगरी रिभर फल्स हाइड्रोपावर डेभलपमेन्ट प्रा.लि. प्रर्वद्धक रहेको १०.३ मेगावाट क्षमताको डाउन पिलुवा जलविद्युत् आयोजना, अपी पावर कम्पनी लिमिटेड प्रर्वद्धक रहेको  ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया, बुङ्गल हाइड्रो प्रा.लि. प्रर्वद्धक रहेको १०.७ मेगावाट क्षमताको माथिल्लो सनिगाढ जलविद्युत् आयोजना, म्याग्दी हाइड्रोपावर प्रा.लि. प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको घरखोला जलविद्युत् आयोजना, साञ्जेन हाइड्रोपावर कम्पनी लिमिटेडको १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन, गेलुन हाइड्रोपावर कम्पनीको ३.२ मेगावाट क्षमताको गेलुन खोला, मकर जितुमाया जलविद्युत् कम्पनीको ७ मेगावाट क्षमताको अप्पर सुरी, पियोर इनर्जी प्रा.लि.को १० मोगावाट क्षमताको सोलार पीभी प्रोजेक्ट बाँके, रिजलाइन इनर्जी प्रा.लि.को ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत् आयोजना, झापा इनर्जी लिमिटेड प्रर्वद्धक रहेको १० मेगावाट क्षमताको सौर्य विद्युत् प्रोजेक्ट, माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको १४.३ मेगावाट क्षमताको माथिल्लो मैलुङ जलविद्युत् आयोजना, याम्बलिङ हाइड्रो पावर प्रा.लि. प्रर्वद्धक रहेको ७.२ मेगावाट क्षमताको याम्बलिङ खोला जलविद्युत् आयोजना, पान हिमालय इनर्जी प्रा.लि.प्रर्वद्धक रहेको ७७ मेगावाट क्षमताको लिुख–१ जलविद्युत् आयोजना, भुजुङ हाइड्रोपावर प्रा.लि प्रर्वद्धक रहेको ७.५ मेगावाट क्षमता रहेको अपर मिदिम जलविद्युत् आयोजना र निलगिरि हाइड्रोपावर कम्पनी प्रर्वद्धक रहेको ७१ मेगावाट क्षमताको निलगिरि खोला २ क्यास्केड जलविद्युत् आयोजना वर्ष २०८० मा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
 

प्रकाशित मिति : शुक्रबार, चैत ३०, २०८० | १५:३३:१० बजे

लेखकको बारेमा

कमल धिताल
पत्रकारितामा सक्रिय धिताल आर्थिक क्षेत्रमा कलम चलाउँछन् । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नाकोत्तर गरेका उनी जलसरोकारमा कार्यरत छन् ।

प्रतिक्रिया