काँकडभिट्टाबाट आयात बढ्यो, निर्यात घट्यो
जलसरोकार
झापा : चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा पूर्वीनाका काँकडभिट्टाबाट रु २५ अर्ब तीन करोड ६६ लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा आयात रु एक अर्ब ९३ करोड ७८ लाख अर्थात् आठ दशमलव ३९ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको पहिलो छ महिनामा रु २३ अर्ब नौ करोड ८८ लाख मूल्य बराबरका वस्तु तथा सामान आयात भएका थिए ।
यद्यपि, चालु आवको पहिलो छ महिनामा यस नाकाबाट हुने निर्यातमा भने गिरावट आएको छ । पुस मसान्तसम्म रु १३ अर्ब ६७ करोड ३७ लाख मूल्य बराबरका सामान विभिन्न मुलुक निर्यात भएका छन् । गत आवको सोही अवधिमा रु १३ अर्ब ८४ करोड चार लाख मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका थिए । यसअनुसार निर्यात एक दशमलव २० प्रतिशतले घटेको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।
पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइउड, भेनियर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, काउली, बन्दागोभी, ब्रोकाउली तथा जडीबुटी रहेका छन् । यस्तै, आयात हुने प्रमुख मालवस्तुमा पेट्रोलियम पदार्थ, तयारी कपडा, तरकारी, यातायातका साधन र तिनका पाटपुर्जा, सिमेन्ट क्लिङ्कर, शृङ्गारका सामग्री, कफी, प्लास्टिकका कच्चा पदार्थ तथा अलकत्रा बिटुमिनलगायत रहेका छन् ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पुस मसान्तसम्ममा आयात–निर्यात कारोबारबाट रु आठ अर्ब ४० करोड ९१ लाख ९६ हजार राजस्व सङ्कलन भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार