वीरगञ्ज नाकाबाट आयात १५.३० प्रतिशतले वृद्धि
जलसरोकार
काठमाडौं : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु चार खर्ब ३८ अर्ब २१ करोड मूल्यका वस्तु तथा सामान आयात भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ३० प्रतिशतले बढी हो ।
गत आवको छ महिनामा वीरगञ्ज नाका हुँदै रु तीन खर्ब ८० अर्ब ६ करोड मूल्य बराबरका वस्तु आयात भएका थिए । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवमा यस नाकाबाट हुने आयातमा उल्लेखनीय वृद्धि देखिएको छ ।
भन्सार कार्यालयका अनुसार चालु आवको छ महिनामा सबैभन्दा बढी रु ९० अर्ब ६ करोड मूल्यको पेट्रोलियम पदार्थ आयात भएको छ । यस्तै, फलाम तथा फलामजन्य वस्तु रु ३९ अर्ब ३ करोड, मेसिनरी तथा पार्टपुर्जा रु ३० अर्ब १ करोड, तथा भटमासको कच्चा तेल रु २७ अर्ब ७२ करोड मूल्य बराबर आयात भएको छ ।
यसै अवधिमा इलेक्ट्रिक मेसिनरी तथा उपकरण तथा तिनका पार्टपुर्जा रु २४ अर्ब ६१ करोड र कपडा रु १९ अर्ब ४ करोड मूल्य बराबर आयात भएको भन्सार कार्यालयले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता