सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

वीरगञ्ज नाकाबाट पाँच महिनामा साढे तीन खर्बभन्दा बढीको आयात, १७ प्रतिशतले वृद्धि

जलसरोकार
मंगलबार, पुस ०८, २०८२ | १०:४०:०८ बजे

 

वीरगञ्ज : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा तीन खर्ब ५९ अर्ब २३ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशत अर्थात् ५३ अर्ब ३२ करोड रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगञ्ज नाकाबाट तीन खर्ब छ अर्ब एक करोड रुपैयाँ बराबरका सामान आयात भएका थिए । आयात बढेसँगै राजस्व सङ्कलनमा पनि उल्लेखनीय वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा ७२ अर्ब २८ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ भित्रिएको छ ।

त्यसैगरी ३१ अर्ब ६५ करोड रुपैयाँ बराबरका फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । मेसिनरी तथा पार्टपुर्जाको आयात २४ अर्ब ६० करोड रुपैयाँ बराबरको रहेको छ भने २२ अर्ब ८५ करोड रुपैयाँ मूल्य बराबरको भटमासको कच्चा तेल आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

आयातको परिमाण र मूल्य दुवै बढ्दै गएपछि चालु आर्थिक वर्षमा वीरगञ्ज भन्सारबाट हुने राजस्व सङ्कलन लक्ष्यभन्दा सकारात्मक दिशातर्फ अघि बढेको कार्यालयको भनाइ छ ।

प्रकाशित मिति : मंगलबार, पुस ०८, २०८२ | १०:४०:०८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया