वीरगञ्ज नाकाबाट पाँच महिनामा साढे तीन खर्बभन्दा बढीको आयात, १७ प्रतिशतले वृद्धि
जलसरोकार
वीरगञ्ज : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा तीन खर्ब ५९ अर्ब २३ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशत अर्थात् ५३ अर्ब ३२ करोड रुपैयाँले बढी हो ।
गत आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगञ्ज नाकाबाट तीन खर्ब छ अर्ब एक करोड रुपैयाँ बराबरका सामान आयात भएका थिए । आयात बढेसँगै राजस्व सङ्कलनमा पनि उल्लेखनीय वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा ७२ अर्ब २८ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ भित्रिएको छ ।
त्यसैगरी ३१ अर्ब ६५ करोड रुपैयाँ बराबरका फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । मेसिनरी तथा पार्टपुर्जाको आयात २४ अर्ब ६० करोड रुपैयाँ बराबरको रहेको छ भने २२ अर्ब ८५ करोड रुपैयाँ मूल्य बराबरको भटमासको कच्चा तेल आयात भएको भन्सार कार्यालयले जनाएको छ ।
आयातको परिमाण र मूल्य दुवै बढ्दै गएपछि चालु आर्थिक वर्षमा वीरगञ्ज भन्सारबाट हुने राजस्व सङ्कलन लक्ष्यभन्दा सकारात्मक दिशातर्फ अघि बढेको कार्यालयको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता