वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात दोब्बर, नौ महिनामा झण्डै ३ अर्ब भित्रियो
जलसरोकार
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँ बराबरको विद्युतीय सवारीसाधन आयात भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा विद्युतीय सवारी आयात १०२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष नौ महिनामा एक अर्ब ४८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात भएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवमा विद्युतीय सवारीसाधन आयात उल्लेखनीय रूपमा बढेको छ ।
भन्सार कार्यालयका अनुसार चालु आवको नौ महिनामा एक अर्ब ४६ करोड रुपैयाँ बराबरका ४९३ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । गत वर्ष सोही अवधिमा ४८ करोड रुपैयाँका १७२ वटा यस्ता सवारी आयात भएका थिए ।
यसैगरी, चालु आवमा ९६ करोड रुपैयाँ बराबरका सात हजार ३९८ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् । अघिल्लो वर्ष सोही अवधिमा ५५ करोड रुपैयाँका चार हजार २२७ वटा मोटरसाइकल आयात भएका थिए ।
त्यसैगरी, चार हजार ६०६ वटा विद्युतीय तीनपाङ्ग्रे सवारीसाधन ५३ करोड रुपैयाँ बराबरमा आयात भएका छन् । गत वर्ष सोही अवधिमा तीन हजार ६१३ वटा तीनपाङ्ग्रे सवारी ४५ करोड रुपैयाँमा आयात भएका थिए ।
विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षण र सरकारी प्रोत्साहन नीतिका कारण आयातमा उल्लेखनीय वृद्धि भएको देखिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै