रसुवागढी नाका पुनः सञ्चालनसँगै विद्युतीय सवारी आयात सुरु
जलसरोकार
रसुवा : यहाँस्थित रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै नेपालमा विद्युतीय सवारीसाधन (इभी) आयात हुन थालेका छन् ।
सीमा सुरक्षा पोष्ट रसुवागढीका अनुसार शनिबार १८ वटा विद्युतीय माइक्रोबस रसुवागढी नाकाबाट नेपाल भित्रिएका छन् । चालु आर्थिक वर्षमा पहिलोपटक ती सवारीसाधन आयात भएका हुन्। हाल ती सवारीसाधन टिमुरेस्थित पार्किङ क्षेत्रमा राखिएका छन् ।
भन्सार कार्यालयका अनुसार आयातकर्ताले राजस्व दाखिला गर्ने प्रक्रिया जारी राखेका छन् ।
यस्तै शनिबार मात्रै स्याउ, रेडिमेड कपडा, लसुन, सवारीसाधनका पार्टपुर्जा, ओखर, इलेक्ट्रिक ब्याट्री तथा मेडिकल सामग्री बोकेका ३९ वटा मालोगाडी (कन्टेनर) नेपाल भित्रिएका छन् ।
भन्सार कार्यालय प्रवक्ता ठाकुर गौतमका अनुसार गत बिहीबारदेखि नाका पुनः सञ्चालनमा आएपछि शनिबारसम्म ९६ कन्टेनर मालसामान नेपाल भित्रिएको छ । रेडिमेड कपडाको हकमा भने आइतबारदेखि जाँचपास प्रक्रिया सुरु हुने उनले जानकारी दिए ।
उनका अनुसार छिट्टै बिग्रने वस्तुमा पर्ने स्याउ र ओखरजस्ता सामग्रीको भने शीघ्र जाँचपास भइरहेको छ । नाका खुलेपछि दुई दिनको अवधिमा करिब ९० लाख रुपैयाँ राजस्व दाखिला भइसकेको भन्सार कार्यालयले जनाएको छ ।
रसुवागढी नाका सञ्चालनमा आएपछि व्यापारिक गतिविधि बढ्दै गएको र आगामी दिनमा आयात–निर्यात थप सहज हुने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने ऊर्जा मन्त्री घिसिङको तयारी
-
पाँच महिनामै भैरहवाको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी
-
सेयर बजारका सबै सूचक हरियाली, नेप्से २८.७३ अंकले बढेर २६३९ मा
-
हिउँदे आगन्तुक जलपक्षी गणना हुने
-
दुई दिनमै काठमाडौँको तापक्रम ३.५ डिग्री सेल्सियसमा झर्यो
-
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा १ करोड १ लाख सहयोग