रसुवागढी नाका पुनः सञ्चालनसँगै विद्युतीय सवारी आयात सुरु
जलसरोकार
रसुवा : यहाँस्थित रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै नेपालमा विद्युतीय सवारीसाधन (इभी) आयात हुन थालेका छन् ।
सीमा सुरक्षा पोष्ट रसुवागढीका अनुसार शनिबार १८ वटा विद्युतीय माइक्रोबस रसुवागढी नाकाबाट नेपाल भित्रिएका छन् । चालु आर्थिक वर्षमा पहिलोपटक ती सवारीसाधन आयात भएका हुन्। हाल ती सवारीसाधन टिमुरेस्थित पार्किङ क्षेत्रमा राखिएका छन् ।
भन्सार कार्यालयका अनुसार आयातकर्ताले राजस्व दाखिला गर्ने प्रक्रिया जारी राखेका छन् ।
यस्तै शनिबार मात्रै स्याउ, रेडिमेड कपडा, लसुन, सवारीसाधनका पार्टपुर्जा, ओखर, इलेक्ट्रिक ब्याट्री तथा मेडिकल सामग्री बोकेका ३९ वटा मालोगाडी (कन्टेनर) नेपाल भित्रिएका छन् ।
भन्सार कार्यालय प्रवक्ता ठाकुर गौतमका अनुसार गत बिहीबारदेखि नाका पुनः सञ्चालनमा आएपछि शनिबारसम्म ९६ कन्टेनर मालसामान नेपाल भित्रिएको छ । रेडिमेड कपडाको हकमा भने आइतबारदेखि जाँचपास प्रक्रिया सुरु हुने उनले जानकारी दिए ।
उनका अनुसार छिट्टै बिग्रने वस्तुमा पर्ने स्याउ र ओखरजस्ता सामग्रीको भने शीघ्र जाँचपास भइरहेको छ । नाका खुलेपछि दुई दिनको अवधिमा करिब ९० लाख रुपैयाँ राजस्व दाखिला भइसकेको भन्सार कार्यालयले जनाएको छ ।
रसुवागढी नाका सञ्चालनमा आएपछि व्यापारिक गतिविधि बढ्दै गएको र आगामी दिनमा आयात–निर्यात थप सहज हुने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता