आईजीआई प्रुडेन्सियलको १२ तले नयाँ भवन उद्घाटन, करिब एक अर्ब लगानी
जलसरोकार
काठमाडौं : आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले काठमाडौंमा निर्माण गरेको १२ तले नयाँ केन्द्रीय कार्यालयको भवन उद्घाटन गरेको छ । उद्घाटन समारोहमा कम्पनीका अध्यक्ष हेकराज ढकालले करिब ६० हजार वर्गफिट क्षेत्रफलमा फैलिएको उक्त भवन निर्माणमा झण्डै एक अर्ब रुपैयाँ लगानी भएको जानकारी दिए ।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आफ्नै भवन निर्माणसँगै कम्पनीको संस्थागत पहिचान थप सुदृढ भएको उल्लेख गरे । “कम्पनीको आफ्नै भवन बनाउन पाउँदा हामी आभारी छौं । यसले कम्पनी स्थापित भएको अनुभूति दिलाएको छ,” उनले भने, । उनका अनुसार १२ तले भवन आधुनिक संरचनासहित निर्माण गरिएको छ र यसले दीर्घकालीन सेवा विस्तार तथा सञ्चालन व्यवस्थापनमा सहयोग पुर्याउनेछ ।
अध्यक्ष ढकालले पछिल्लो समय नेपालको बीमा बजार तीव्र गतिमा विस्तार भइरहेको उल्लेख गर्दै बीमा क्षेत्र परिपक्वताको चरणमा पुगेको धारणा व्यक्त गर्नुभयो। उहाँले स्वदेशी बजारमा सीमित नहुँदै अन्तर्राष्ट्रिय स्तरमा समेत सेवा विस्तार गर्ने दिशामा बीमा कम्पनीहरूले सोच्नुपर्ने आवश्यकता औंल्याए ।
उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायिक गतिविधि विस्तारसँगै रोजगारी सिर्जना र आर्थिक गतिविधिमा वृद्धि हुने बताउनुभयो। “व्यवसायिक एक्टिभिटीहरु बढ्यो भने रोजगारी सिर्जना हुन्छ। त्यसले दिने सेवा, विकासका पूर्वाधार र समग्र अर्थतन्त्र बढाउन मद्दत पुर्याउँछ,” उनले भने, । उनले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले पनि सेवा विस्तार गर्दै आर्थिक विकासमा थप योगदान दिनुपर्नेमा जोड दिए ।
नयाँ भवन उद्घाटनसँगै कम्पनीले सेवा प्रवाह, प्राविधिक पूर्वाधार र प्रशासनिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । बीमा क्षेत्रको प्रतिस्पर्धात्मक वातावरणमा संस्थागत सुदृढीकरणलाई दीर्घकालीन रणनीतिका रूपमा हेरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मध्य र पूर्वी नेपालका २५ जिल्ला वर्षाको पहेँलो चेतावनीमा, मौसम विभागले सतर्क रहन आग्रह
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?