प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी
जलसरोकार
काठमाडौं : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले अग्रस्थानमा रहेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विहान १०ः५० बजे सम्मको तथ्याङ्क अनुसार, रास्वपाका उम्मेदवारले हालसम्म १०४ क्षेत्रमा विजयी भएका छन् भने २१ निर्वाचन क्षेत्रमा अग्रता लिएका छन् ।
यसैबीच, १३२ निर्वाचन क्षेत्रमा मतगणना जारी गरिएको छ । नेपाली कांग्रेसले १४ क्षेत्रमा जीत हासिल गरेको छ भने तीन स्थानमा अग्रता लिइरहेको छ । नेकपा (एमाले)ले सात स्थानमा विजयी भएका छन् र तीन स्थानमा अग्रस्थानमा छन् ।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीबाट चार उम्मेदवार विजयी भए भने तीन स्थानमा अग्रस्थानमा छन्। श्रम संस्कृति पार्टीका एक उम्मेदवार विजयी र दुई अग्रस्थानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारले प्रत्येक एक–एक स्थानमा जीत हासिल गरेका छन् ।
समानुपातिक निर्वाचनको स्थिति
प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचनको मतगणना अनुसार हालसम्म २७ लाख ६१ हजार ४२१ मत गणना भइसकेको छ । आयोगका अनुसार रास्वपाले १३ लाख ८८ हजार ४२१ मत प्राप्त गरी स्पष्ट अग्रता कायम राखेको छ । नेपाली कांग्रेसले चार लाख ७१ हजार ३५५, नेकपा (एमाले)ले तीन लाख ८० हजार ९३२, र नेपाली कम्युनिष्ट पार्टीले एक लाख ८२ हजार ८३४ मत प्राप्त गरेका छन् ।
मतगणना जारी रहेकाले अन्तिम नतिजा अझै परिवर्तन हुनसक्ने सम्भावना रहेको छ। राजनीतिक विश्लेषकहरूले अहिलेको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीको व्यापक समर्थन स्पष्ट भएको र आगामी सरकार गठन प्रक्रियामा यसको भूमिका निर्णायक हुने संकेत दिएको बताएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?