कुलमान बर्खास्तको प्रधानमन्त्रीले जवाफ दिननमानेपछि प्रतिनिधि सभाको बैठक स्थगित
जलसरोकार
काठमाडौं ः प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मको लागि गरिएको हो ।
प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयको प्रधानमन्त्री केपी ओलीले स्पष्टीकरण दिनुपर्ने माग राख्दै विपक्षीहरुले सदन अवरोध गर्दै आइरहेका छन् ।
विपक्षीले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेपछि प्रधानमन्त्री दिने पक्षमा छैनन् । हिजो पनि विपक्षीको विरोधपछि स्थगित भएको सदन आज बिहान ११ बजेका लागि राखिएको थियो।
तर, विपक्षीले अडान नछाडेपछि दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो। सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग संवाद गर्दा पनि कुरा नमिलेपछि भोलिसम्मको लागि स्थगित गरिएको हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव