कुलमान बर्खास्तको प्रधानमन्त्रीले जवाफ दिननमानेपछि प्रतिनिधि सभाको बैठक स्थगित
जलसरोकार
काठमाडौं ः प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मको लागि गरिएको हो ।
प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयको प्रधानमन्त्री केपी ओलीले स्पष्टीकरण दिनुपर्ने माग राख्दै विपक्षीहरुले सदन अवरोध गर्दै आइरहेका छन् ।
विपक्षीले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेपछि प्रधानमन्त्री दिने पक्षमा छैनन् । हिजो पनि विपक्षीको विरोधपछि स्थगित भएको सदन आज बिहान ११ बजेका लागि राखिएको थियो।
तर, विपक्षीले अडान नछाडेपछि दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो। सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग संवाद गर्दा पनि कुरा नमिलेपछि भोलिसम्मको लागि स्थगित गरिएको हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना