गृहमन्त्री सुधन गुरुङले दिए पदबाट राजीनामा
जलसरोकार
काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेपछि उनले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा बुझाएका हुन् ।
गुरुङले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । प्रधानमन्त्री शाहले पदभार सम्हालेकै दिन मन्त्रिपरिषद् गठन गर्दा गुरुङ गृहमन्त्री नियुक्त भएका थिए ।
कार्यकालको सुरुवाती चरणमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने विभिन्न आरोपका कारण आलोचनाको केन्द्रमा परेका थिए ।
उच्च स्रोतका अनुसार रवि लामिछाने सँगको छलफलपछि गुरुङले राजीनामा दिने निर्णय लिएको बताइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना