आईपीओ निष्कासन गर्ने तयारीमा हिम पर्वत हाइड्रोपावरले
जलसरोकार
काठमाडौं – हिम पर्वत हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । कम्पनीको गत जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन सहितका प्रस्तावहरु पारित गर्न आगामी जेठ २७ गते बिहान ११ बजे विशेष साधारण सभा बोलाएको हो ।
सभा कम्पनीको मूख्य कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजेदेखि शुरु हुने छ । सभाले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ । यसैगरी, सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने तथा पूँजी संरचनामा परिवर्तन एवं अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत गर्ने प्रस्तावलाई पारित गर्ने छ ।
यसैगरी, सभाले संचालक समितिको संरचना परिवर्तन गर्ने सम्वन्धमा पनि छलफल गर्ने छ । साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने छ । कम्पनीले दोलखा जिल्लामा २० मेगावाट क्षमताको सागुँ खोला जलविद्युत आयोजना र ५.५० मेवा क्षमताको सागुँ खोला–१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मेवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री कुलमान घिसिङ
-
मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज
-
सेयर बजार ७.८६ अंकले घट्यो, कारोबार ३ अर्ब ७५ करोड
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी