आईपीओ निष्कासन गर्ने तयारीमा हिम पर्वत हाइड्रोपावरले
जलसरोकार
काठमाडौं – हिम पर्वत हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । कम्पनीको गत जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन सहितका प्रस्तावहरु पारित गर्न आगामी जेठ २७ गते बिहान ११ बजे विशेष साधारण सभा बोलाएको हो ।
सभा कम्पनीको मूख्य कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजेदेखि शुरु हुने छ । सभाले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ । यसैगरी, सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने तथा पूँजी संरचनामा परिवर्तन एवं अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत गर्ने प्रस्तावलाई पारित गर्ने छ ।
यसैगरी, सभाले संचालक समितिको संरचना परिवर्तन गर्ने सम्वन्धमा पनि छलफल गर्ने छ । साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने छ । कम्पनीले दोलखा जिल्लामा २० मेगावाट क्षमताको सागुँ खोला जलविद्युत आयोजना र ५.५० मेवा क्षमताको सागुँ खोला–१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मेवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपसँग जोडिँदै एनएमबी बैंक, अनलाइन बैंकिङ सेवा थप सहज हुने
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित