हिमालयन पावर पार्टनरको ५०% हकप्रद शेयर वैशाख १७ देखि खुल्ने
जलसरोकार
काठमाडौं : हिमालयन पावर पार्टनर लिमिटेड ले आगामी वैशाख १७ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ कित्ता शेयर बराबर ०.५ कित्ताका दरले हकप्रद शेयर जारी गर्न लागेको हो। यसअनुसार कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।
हकप्रद प्रयोजनका लागि कम्पनीले चैत १० गते बुक क्लोज गरिसकेको छ। त्यसअनुसार चैत ९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। हकप्रदमा जेठ ६ गतेसम्म आवेदन दिन सकिनेछ।
हकप्रद निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘CARE-NP Double B Minus’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सो क्यापिटलसहित ग्लोबल आइएमई बैंक का बेशीशहर, दोर्दी, भोटेओडार र उदिपुर शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेड को ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन पनि दिन सकिने व्यवस्था गरिएको छ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ। हकप्रद बाँडफाँटपछि चुक्ता पूँजी बढेर १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ पुग्नेछ।
हकप्रदबाट संकलित रकम कम्पनीले सहवित्तीयकरणमार्फत लिएको ऋण भुक्तानी गर्न प्रयोग गर्ने जनाएको छ, जसमा प्राइम कमर्सियल बैंक को अगुवाइमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी सहभागी रहेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपालको ऊर्जा सुरक्षा : चुनौती, अवसर र आत्मनिर्भरताको मार्ग
-
वीरगञ्ज नाकाबाट दलहन आयात २२ प्रतिशतले घट्यो
-
मध्यपहाडी लोकमार्गको वैकल्पिक ‘पाखुट्टे-ढाँड’ सडक ‘ग्राभेलिङ’
-
सुन र चाँदी महँगियो, आज कतिमा हुँदैछ बजारमा खरिदबिक्री ?
-
माण्डु हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर वितरण गर्ने
-
आज पनि तराईका केही जिल्लामा तातो हावाको चेतावनी, देशभर वर्षाको सम्भावना