हिल्दुम विद्युत् वितरण केन्द्रले घटायो लोडसेडिङको अवधि
जलसरोकार
हुम्ला– हुम्लाको हिल्दुम विद्युत् वितरण केन्द्रले लोडसेडिङको समय घटाएको छ । पानीको स्रोत बढेपछि लोडसेडिङको समय दैनिक सात घण्टा घटाइएको वितरण केन्द्रका प्रमुख नारायणप्रसाद कर्णले जानकारी दिए ।
विगतमा पानी अभावका कारण दैनिक १४ देखि १६ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो । चैतको अन्तिम सातादेखि हिउँ पग्लिएर पानी बढेपछि विद्युत् उत्पादनमा वृद्धि भएको उनको भनाइ छ ।
सो केन्द्रले जिल्लाका सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् वितरण गर्दै आएको छ । पाँच सय किलोवाट विद्युत् उत्पादन क्षमता रहेको पावर हाउसले पानीको मात्राअनुसार न्यूनतम ९० देखि दुई सय २० किलोवाटसम्म विद्युत् उत्पादन गर्ने गरेको छ ।
अहिले भने दैनिक एक सय ५० किलोवाट विद्युत् उत्पादन हुने गरेको वितरण केन्द्रले जनाएको छ । लोडसेडिङको समय घटाएपछि वितरण केन्द्रको पहुँच क्षेत्रका तीन हजारभन्दा बढी उपभोक्तालाई दैनिक सेवा प्रवाहमा सहज भएको छ । रासस
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्