कुलमान रिटमाथि सुनुवाइ सकियो, आजै आदेश आउने
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाई बिहीबार सकिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय डा कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजालसमा गत मंगलबारदेखि सुनुवाई भएको हाे ।
बिहीबार रिट निवेदक घिसिङका कानुन व्यवसायीहरुले जवाफी बहस गरेका थिए । बहस गर्नेहरुमा अधिवक्ता माधव बस्नेत, ललितबहादुर बस्नेत, तुलसी भट्ट लगायत थिए ।
घिसिङलाई पदमा पुनबहाली गराउने कि रिट जारी नगर्ने भन्ने इजलासको आदेश आजै आउने भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना