सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

उद्धार गरिएका दुई कर्मचारीको स्वास्थ्य अवस्था सामान्य

जलसरोकार
शुक्रबार, भदौ १९, २०८३ | १३:४६:४७ बजे

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले उद्धार गरिएका दुई जना कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

प्राधिकरणका अनुसार उपचाररत कर्मचारीहरूलाई प्राधिकरणका कार्यकारी निर्देशकले अस्पतालमै पुगेर प्रत्यक्ष भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार दुवै कर्मचारीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ।

प्राधिकरणले उद्धार गरिएका कर्मचारीहरूको सम्पूर्ण उपचारको व्यवस्था मिलाइरहेको जनाएको छ। उनीहरूको उपचारमा कुनै कमी हुन नदिने तथा आवश्यकताअनुसार उपचारको निरन्तरता दिने प्रतिबद्धता पनि प्राधिकरणले व्यक्त गरेको छ।

प्राधिकरणले विपद्का क्रममा उद्धार गरिएका कर्मचारीहरूको स्वास्थ्य उपचार तथा आवश्यक सहयोगलाई प्राथमिकतामा राखेको जनाएको छ।

प्रकाशित मिति : शुक्रबार, भदौ १९, २०८३ | १३:४६:४७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

धेरै पढिएको