स्थानीय तहले जलविद्युत् आयोजनासँग मनोमानी कर मागेको भन्दै मन्त्री अनिता देवीको ध्यानाकर्षण गराए
सोलुदूधकुण्ड नगरपालिकाले कानुन विपरीत आयोजनाहरुलाई पत्र काटेर कर मागेको भन्दै प्रवर्द्धकहरूले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)मा निवेदन दिएका थिए ।
जलसरोकार
काठमाडौं । स्थानीय तहले जलविद्युत् आयोजनासँग मनोमानी कर मागेको भन्दै निजी ऊर्जा उत्पादकहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार कोरिडोरका आयोजना प्रवर्द्धक कम्पनीका प्रतिनिधि र इपानका अध्यक्ष गणेश कार्कीसहितको टोलीले मन्त्री देवीलाई भेटेर यो विषयमा ध्यानाकर्षण गराएका हुन् । इपान वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले जलविद्युत् आयोजनाले तिरेको रोयल्टी संघीय सरकारले ५० प्रतिशत राखेर बाँकी ५० प्रतिशतलाई स्थानीय र प्रदेश सरकारलाई २५/२५ प्रतिशत बाँडफाड गरिरहे पनि स्थानीय सरकारले थप कर माग्नु नियम विपरीत भएको बताए ।
इपानका अध्यक्ष कार्कीले जलसराेकार संग कुरा गर्दै जलविद्युत् आयोजनाहरूले विद्युत् ऐन २०४९ अनुसार विद्युत् विकास विभागबाट अनुमति लिएर र आयोजनाहरूले प्राकृतिक स्रोत प्रयोग गरेवापत क्षमता अनुसारको रोयल्टी र व्यवसाय अनुसारको अन्य करहरू संघीय सरकारलाई एकैपटक तिर्दै आएको बताए । यस्तो अवस्थामा स्थानीय तहले नियम विपरीत दोहोरो कर मागेको उनको भनाइ छ ।
केही समय अघि दोलखाका स्थानीय तहले पनि यसैगरी नियम विपरीत कर मागेर आयोजनालाई पत्र काटेको र त्यतिबेला मन्त्रालयले त्यसरी कर लिन नमिल्ने भनी स्पष्ट पारेपछि स्थानीय तह पछि हटेको इपानले जानकारी दिएको छ ।
सोलु कोरिडोरमा निर्माण सम्पन्न भएका तथा निर्माणाधीन अवस्थामा रहेका आयोजनामा सोलुदूधकुण्ड नगरपालिकाले कानुन विपरीत आयोजनाहरुलाई पत्र काटेर कर मागेको भन्दै प्रवर्द्धकहरूले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)मा निवेदन दिएका थिए ।
कानुनअनुसार स्पष्ट पारेर निर्देशन गर्न इपानले मन्त्री देवीलाई आग्रह गरेको हाे । इपानको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री देवीले संघीय र स्थानीय सरकारसँग सम्बन्धित कानुनहरुको गहिरो अध्ययन गरेर आवश्यक निर्णय लिने बताइन् ।
देशभर हजारौ जलविद्युत् आयोजना निर्माण भइरहेको बेला एउटा कोरिडोरबाट सुरु भएको यो समस्या अरु आयोजनामा सरेको खण्डमा जलविद्युतको विकासक्रममै धक्का लाग्ने भन्दै यो विषयमा प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराउन सिंहको सुझाव थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अलपत्र जलविद्युत् आयोजनाको वर्गीकरण गरिने, आरसीओडी थप्न गर्ने सरकारको तयारी
-
घरजग्गा कारोबारबाट असारमा झण्डै १२ अर्ब राजस्व, आव २०८२/८३ कै उच्च सङ्कलन
-
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
चितवन राष्ट्रिय निकुञ्जको राजस्व सङ्कलनमा वृद्धि
-
सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलामा रु १,९०० महँगियो
-
अविरल वर्षाले देशका विभिन्न राजमार्ग प्रभावित, कतिपय सडक पूर्ण रूपमा अवरुद्ध