ह्याप्पी इनर्जीद्वारा विपद् उद्धार कोषमा २० लाख सहयोग
जलसरोकार
काठमाडौं : ह्याप्पी इनर्जी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत उक्त रकम कोषमा हस्तान्तरण गरेको हो।
शुक्रबार कम्पनीका सञ्चालकहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठलाई २० लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गरेका हुन्।
सहयोग रकम ग्रहण गर्दै मन्त्री श्रेष्ठले विपद्को कठिन परिस्थितिमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनले संकटका बेला नेपालीहरू एकजुट भएर एकअर्कालाई सहयोग गर्दै आएको उल्लेख गर्दै अहिले पनि त्यही भावना र सहकार्य आवश्यक रहेको बताए ।
मन्त्री श्रेष्ठले आर्थिक सहयोगसँगै नैतिक, भौतिक तथा प्राविधिक सहयोगको समेत उत्तिकै आवश्यकता रहेको उल्लेख गरे । उनले विपद्को यस कठिन घडीमा ‘जसले जे सक्छ, त्यही सहयोग गर्नु’ नै अहिलेको प्रमुख आवश्यकता भएको बताए ।
विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले स्थापना गरेको कोषमा ह्याप्पी इनर्जीको सहयोगले निजी क्षेत्रको सामाजिक उत्तरदायित्व र विपद्का बेला आवश्यक सहकार्यलाई थप बल पुगेको मन्त्रालयले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
महाकाली सन्धि : पञ्चेश्वरको अधुरो सपना र लुकेको स्वार्थ
-
ह्याप्पी इनर्जीद्वारा विपद् उद्धार कोषमा २० लाख सहयोग
-
उद्धार गरिएका दुई कर्मचारीको स्वास्थ्य अवस्था सामान्य
-
बाढीका कारण ढुवानी भाडा बढ्यो, काठमाडौंमा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ३८ पैसा
-
जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिँदै
-
माथिल्लो त्रिशूली–३ ‘ए’बाट सकुशल भेटिएका सञ्जय र कबीर को हुन् ?