गणतन्त्रवादी नेताहरूलाई ज्ञानेन्द्र शाहीको चेतावनी : राप्रपाका नेताहरूलाई झूटा मुद्दा लगाए तपाईहरुका घर घेर्छौ
जलसरोकार
काठमाडौँ : राप्रपाका नेता ज्ञानेन्द्रबहादुर शाहीले झूटा मुद्दा लगाएर गणतन्त्रवादी नेताहरूको घर घेर्ने चेतावनी दिएका छन् । मंगलबार बल्खुमा आयोजित राप्रपाको खबरदारी सभालाई सम्बोधन शाहीले राप्रपाका नेताहरूलाई झूटा मुद्दा लगाएर थुन्ने कोसिस गरिए लाखौँ जनताले गणतन्त्रवादी नेताहरूको घर घेर्ने बताए ।
उनले आफ्नो पार्टीका नेताहरूलाई थुनिएको तर तीनकुने लगायत जडीबुटीमा आगजनी गर्ने पूर्व माओवादी कार्यकर्ता भएको पुष्टि भएको भन्दै गणतन्त्रवादीहरूले विभिन्न भ्रष्टाचार काण्ड मच्चाएको बताए ।
‘यो १६ वर्षमा यिनीहरूले १४ वटा सरकार फेरे । १ हजार मन्त्री भए, करिब ३ हजार सांसद भए,३१ मुख्यमन्त्री र गाउँगाउँमा लुटेराहरूले देश लुटे’, उनले प्रश्न गर्दै भने ‘२५ वटा अस्पताल राजाले बनाए ।
यिनीहरूले के बनाए ? यसकैविरुद्ध हामीले आन्दोलन गरेका हौँ ।’ शाहीले गणतन्त्र आएपछि देशमा आर्थिक प्रगति भएको भनेर कांग्रेस एमाले र माओवादीलगायत गणतन्त्रवादी नेताहरूले बताउने गरे पनि भ्रष्टाचार र लुटतन्त्र मच्चाएर देश बर्बाद पारिरहेको आरोप लगाए ।
शाहीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपतिका ठाउँमा राजा राख्दैनन् भने कर नतिर्न र रेमिट्यान्स नपठाउन तयार रहन उनले समर्थकहरूलाई आग्रह समेत गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव