सुनको मूल्यमा भारी उछाल, एकै दिन प्रतितोला १० हजार ४०० ले वृद्धि
जलसरोकार
काठमाडौँ : स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु पाँच हजार ९२० तोकिएको छ ।
मङ्गलबार एक तोला छापावाल सुन रु दुई लाख ८४ हजार ७०० र चाँदी रु पाँच हजार ८८० मा कारोबार भएको थियो । त्यसअघि आइतबार सुन रु दुई लाख ७८ हजार ८०० र चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो भने सोमबार सुन रु दुई लाख ८२ हजार र चाँदी रु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४० अमेरिकी डलरमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी एक औँस ९५ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।
आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, उच्च मुद्रास्फीति तथा भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा सुन र चाँदीको माग बढेकाले मूल्यमा उल्लेख्य वृद्धि भएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता