सुनको मूल्यमा भारी उछाल, एकै दिन प्रतितोला १० हजार ४०० ले वृद्धि
जलसरोकार
काठमाडौँ : स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु पाँच हजार ९२० तोकिएको छ ।
मङ्गलबार एक तोला छापावाल सुन रु दुई लाख ८४ हजार ७०० र चाँदी रु पाँच हजार ८८० मा कारोबार भएको थियो । त्यसअघि आइतबार सुन रु दुई लाख ७८ हजार ८०० र चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो भने सोमबार सुन रु दुई लाख ८२ हजार र चाँदी रु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४० अमेरिकी डलरमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी एक औँस ९५ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।
आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, उच्च मुद्रास्फीति तथा भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा सुन र चाँदीको माग बढेकाले मूल्यमा उल्लेख्य वृद्धि भएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से परिसूचक घट्दा कारोबार रकम करिब नौ अर्बमा सीमित
-
एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक
-
सुनको मूल्यमा भारी उछाल, एकै दिन प्रतितोला १० हजार ४०० ले वृद्धि
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन अन्तिम चरणमा
-
पिउने पानीको अभावले कुमाल बस्ती काकाकुल
-
जलसरोकार डटकम को दोस्रो वार्षिकत्सव २०८२ LIVE