सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बिहीबार सुन प्रतितोला ७ हजार ६०० रुपैयाँले बढ्यो

जलसरोकार
बिहीबार, भदौ १८, २०८३ | ११:०७:५२ बजे

 

काठमाडौँ : नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। यस दिन सुनको मूल्य प्रतितोला ७ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १४५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५८० रुपैयाँ रहेको थियो।

यससँगै एकैदिन सुनको मूल्य ३ लाख रुपैयाँको मनोवैज्ञानिक सीमासमेत पार गरेको छ।

प्रकाशित मिति : बिहीबार, भदौ १८, २०८३ | ११:०७:५२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

धेरै पढिएको