सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुनको मूल्य बढ्यो, चाँदी पनि महँगियो र आज कतिमा हुँदैछ बजारमा किनबेच ?

जलसरोकार
आइतबार, भदौ २८, २०८३ | ११:३३:५९ बजे

 

काठमाडौँ  : नेपाली बजारमा आइतबार सुनचाँदी दुवैको मूल्य बढेको छ । आइतबार सुन प्रतितोला एक हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ६० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला चार हजार ६६० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यससँगै एक दिनमै सुनको मूल्य एक हजार २०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले बढेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, भदौ २८, २०८३ | ११:३३:५९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया