सुनको भाउ फेरि ओरालो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौं : नेपाली बजारमा सुनको भाउ फेरि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको छ ।
यो भाउ गत शुक्रबारको तुलनामा तोलामा २ हजार १ सय रुपैयाँ घटेको हो । त्यस दिन सुनको भाउ तोलाको २ लाख ६२ हजार ५ सय रुपैयाँ थियो ।
त्यसैगरी, चाँदीको भाउ पनि २५ रुपैयाँ घटेर तोलामा ४ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गत शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, पछिल्ला केही दिनमा सुनको भाउमा उतारचढाव देखिएको छ । बुधबार सुनको भाउ २ लाख ६१ हजार, बिहीबार २ लाख ५९ हजार ६ सय, सोमबार २ लाख ७० हजार, मंगलबार २ लाख ६२ हजार १ सय र आइतबारसम्मकै सर्वाधिक २ लाख ७० हजार ६ सय रुपैयाँमा पुगेको थियो ।
विश्लेषकका अनुसार बजारमा अन्तर्राष्ट्रिय सुनको मूल्य, अमेरिकी डलरको मूल्य र स्थानीय माग–आपूर्तिका कारण मूल्यमा छोटो अवधिमा उतारचढाव देखिनु सामान्य हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता